10 years ago
February 1, 2016
काठमाडौं माघ १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले १२ औँ दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरिन् ।

भारतको गुवाहाटी र सिलोङमा माघ २२ देखि फागुन ४ गतेसम्म चल्ने सागमा २३ खेलमा ३८४ नेपाली खेलाडीको सहभागिता छ । हक्कीमा बाहेक सबै २३ खेलमा पुरुष÷महिला खेलाडीको सहभागिता रहने छ । हक्कीमा महिला टोलीले मात्र भाग लिने छ । खेलकुदमन्त्री मण्डलसहितको नेपाली टोली मङ्गलबार भारत प्रस्थान गर्दैछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय पहिचानलाई खेलको माध्यमबाट विश्वमाझ फैलाउन दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडीसँग आग्रह गरिन् ।
‘तपाईंहरुको सफलतामा सारा नेपालीले गौरव महसुस गर्ने छन् ।’– सागमा सहभागी हुने खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नै हातामा आयोजना गरेको शुभकामना तथा बिदाइ कार्यक्रममा राष्ट्रपति भण्डारीले भनिन् ।
विदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले देशमा भएका विविध समस्याका कारण खेलाडीको अभ्यास र सुविधामा असर परेको भए पनि खेलाडीमा भएको उच्च मनोबलले सफलता दिलाउने विश्वास व्यक्त गरे ।
राखेपका सदस्यसचिव केशवकुमार विष्टले हालै फुटबल र क्रिकेटमा पाएका पछिल्ला सफलताले सम्पूर्ण खेलजगतलाई नै हौसला मिलेको बताउँदै त्यस्तै उपलब्धि दोहोरिने धारणा राखे ।
सो अवसरमा राष्ट्रिपति भण्डारीले नेपाली टोलीका नेता खेलकुद मन्त्री मण्डललाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिइन् । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, सहरी विकास राज्यमन्त्री मञ्जु चौधरी, खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]