10 years ago
February 6, 2016
काठमाडौं, २३ माघ । भारत्तोलनका देवी चौधरीले भारतमा जारी १२ औं साग गेम्समा नेपाललाई पहिलो पदक दिलाएकी छन् ।
भारत्तोलनको ५३ केजी तौल समूहमा देवी चौधरीले कास्य पदक जितेकी हुन् ।
गुवाहाटीको भोगेश्वरी फुकानानी इन्डोर रंगशालामा भएको खेलमा १२६ केजी उचाल्दै उनले पदक जिताएकी हुन् । भारतकी हर्षदिप कौरले स्वर्ण जिते भने श्रीलंककी चमारी मेण्डिसले रजत पदक जितिन् ।
अर्को खेलमा ४८ केजी तौल समूहमा नेपालकी मनिसा रानाभाट चौथो भइन् । उनले १०७ केजी उचाल्दै चौथो भएकी हुन् । चामु मिरापाईले स्वर्ण पदक जितिन् ।
पुरुषतर्फ पनि नेपालका विकास थापाले ६२ केजी मुनि कास्य पदक दिलाएका छन् । उनले स्नाच ११२ केजी तथा क्लिन एंड जर्कमा १३० केजी तौल उचाल्दै टोटल २४२ केजी तौल उचाल्दै कास्य जितेका हुन् ।
पुरुष तर्फको खेलमा प्रकाश केसी पनि चौथो भए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]