default_image

10 years ago

February 7, 2016

स्याङ्जा र नवलपरासी अन्तिम दुईमा

240 views

0 Bookmark

पर्वत २४ माघ   स्याङ्जा र नवलपरासी पश्चिमाञ्चल स्तरीय अन्तर जिल्ला खुल्ला प्रथम ‘नव जागृत कप २०७२’ को उपाधिका लागि भिड्ने भएको छ ।

v (2)
आइतबार भएको सेमिफाइनलका खेलमा स्याङ्जाले म्याग्दीलाई तथा नवलपरासीले तनँहुलाई पराजित गर्दै उपाधिको भेट पक्का गरेको हो । तनँहु आइतबारै भएको क्वाटरफाइनलमा कास्कीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । तनँहुले कास्कीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पहिलो सेट २५–१५ ले जितेको तनँहुले दोस्रो र तेस्रो सेट क्रमश २५–२३ र २५–२२ ले जितेको थियो ।
नवगागृत उच्च माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा स्याङ्जाले म्याग्दीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै दोस्रो तथा तेस्रो सेट क्रमशः २५–१२ र २५–१७ ले पराजित ग¥यो । म्याग्दीले स्याङ्जासामु कुनै पनि समय खुलेर खेल्न सकेन । यस्तै आइतबारै भएको सेमिफाइनलको दोस्रो खेलमा तनँहु नवलपरासीसँग ३–१ को सेटमा स्तब्ध बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट तनँहुले २७–२५ ले गुमाउन पुग्यो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट तनँहुले २६–२४ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत गरेपनि त्यसपछिको दुई सेट २५–१२, २५–१७ ले गुमाउदै फाइनल पुग्ने मौका गुमायो । कास्कीलाई पराजित गर्दाको र पहिलो सेट र दोस्रो सेटमा जस्तो तनँहुले जुझारु खेल पस्कन सकेन ।

प्रतियोगिता अन्र्तगत सोमबार फाइनल र तेस्रो स्थानका लागि खेल हुनेछ ।
फाइनलमा स्याङ्जा र नवलपरासी तथा तेस्रो स्थानका लागि तनँहु र म्याग्दी खेल्नेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैया प्राप्त गर्नेछ । तेस्रो पुरस्कार प्रतियोगिताको व्यवस्थापक तथा पुर्व भलिबल खेलाडी अरुण श्रेष्ठका तीन भाईले गरेका हुन् । यस्तै विधागत उत्कृष्ट हुनेले पनि जनही तीन–तीन हजार रुपैया प्राप्त गर्नेछन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.