default_image

7 years ago

July 25, 2018

अभ्यास खेलमा नेपालको दोस्रो जित, इस्ट लन्डन २ सय २३ रनले पराजित

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेलमा सहज जित निकालेको छ । तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११ लाई २ सय २३ रनको फराकिलो पराजित गरेको हो । यसअघिका दुई खेलमा नेपालले समान १ जित र हारको नतिजा निकालेको थियो । नेपालले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन–११  ३८ ओभर ५ बलमा १ सय १५ रनमा समेटियो ।


शतक पुरा गरेपछि अनिल साह । तस्बिर सौजन्य: रमन शिवाकोटी

नेपालको कसिलो बलिङसामु इस्टका कुनै पनि खेलाडी खुलेर खेल्न सकेनन् । डारेन आइरोन साइडले सर्वाधिक ३८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन नेपालको कसिलो बलिङसामु फितलो बनेको थियो । भाज पुरेवलले २२ रन बनाए । सागर जोशी ८, नेल सोलोमन ६, रामिज ४ र नाविल अजिजले ३ रन बनाए । अर्मन र विलाल पटेल शुन्य रनम आउट भए । शक्ति गौचनले ४ विकेट लिए । करण केसी र ललित भण्डारीले समान २ तथा सोमपाल कार्मी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अनिल कुमार साह शतकीय इनिङ्समा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनायो । नेपालका लागि अनिल कुमार साहले शतकीय इनिङ्स खेले । आक्रमक इनिङ्स खेलेका अनिलले ९१ बलमा शतक पुरा गरे । अनिलले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतमा अनिलले १ सय ३१ रन बनाए । यससँगै अनिल युरोप भ्रमणको अभ्यास खेलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने ।

यसअघि पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले शतकीय इनिङ्स खेलेका थिए । यस्तै शरद भेषवाकरले पनि शतकीय योगदान दिए । मध्यक्रमका शरद भेषवाकर शतक बनाउनबाट दुई रनले चुके । ८६ बल खेलेका शरद ९८ रनमा आउट भए । टिमले ५८ रनको जोड्दा तीन विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका अनिल र शरदले चौथो विकेटको लागि २ सय १२ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।

ओपनर सुवास खकुरेल ८, ज्ञानेन्द्र मल्ल ९ र कप्तान पारस खड्का ४ रनमा आउट भएका थिए । सोमपाल कामीले २९ रन र रोहित कुमार पौडेल ११ रनमा आउट भए । करण केसी १३ तथा शक्ति गौचन ९ रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट भए । अर्सलन खानले ३ विकेट लिए । नाबिल अजिजले दुई तथा सागर जोशीले एक विकेट लिए । इस्ट लन्डन–११ ले केही बेरमा ब्याटिङ गर्नेछ ।

लर्डस्मा त्रिकोणात्मक सिरिज र नेदरल्यान्डविरुद्ध डेब्यु एक दिवसीय क्रिकेट खेलको अभ्यासका लागि नेपालले इंग्ल्यान्डका स्थानीय क्लबसँग अभ्यास खेल खेलिरहेको हो । अब नेपालले एक अभ्यास खेल खेल्न बाँकी छ ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.