10 years ago
March 9, 2016
काठमाडौं, फागुन २६ मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि बुधवार सशस्त्र प्ररीको एपीएफ क्लबले जितेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उपाधि भिडन्तमा एपीएफले न्यु डायमण्ड एकेडेमीलाई ३–२ को सेटमा हराउदै उपाधि जितेको हो ।
घरेलु कोर्टमा न्यु डायमण्डले पहिलो सेट २५–२१ ले जितेको थियो । दोश्रो सेट एपीएफले २५–२३ ले जित्दै खेल १–१ को बराबरी बनायो । तेश्रो सेट पनि एपीएफले २५–२१ ले आफ्नो नाममा पादै २–१ को अग्रता लियो । चौथो सेटमा न्यु डायमण्डले खेलमा फकैदै २५–२० ले सेट निकाल्दै २–२ को बराबरी बनायो । निर्णायक सेटमा एपीएफले १५–१० ले बाजि मादै उपाधि चुम्यो । न्यु डायमण्ड एकेडेमीमा भएको तेश्रो स्थानको खेलमा पुलिसले पश्चिमाञ्चललाई २५–२२, २५–२३, १७–२५ र २५–७ को सेटमा हरायो ।
प्रतियोगितामा न्यु डायमण्ड एकेडेमीकी प्रतिभा माली सर्वोकृष्ट खेलाडी चुनिईन् । त्यस्तै बिद्यागत उत्कृष्टमा न्यु डायमण्डकी कृपा अधिकारी उत्कृष्ट सेटर र ललिता नाथ उत्कृष्ट क्विइक स्पाईकर भए । त्यसैगरी एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाईकर, उषा बिष्ट उत्कृष्ट ब्लकर चुनिए । नेपाल पुलिस क्लबकी कमला पुनले उत्कृष्ट डिफेन्सको उपाधि जित्दा पश्चिमाञ्चलकी अरुणा शाही उत्कृष्ट सर्वर चुनिइन् ।
प्रतियोगिताकी सर्वोकृष्ट खेलाडी प्रतिभा मालीलाई ढोरपाटन प्रशिक्षण क्लबकी कोषाध्यक्ष छलकुमारी छन्त्यालले नगद ५ हजार सौजन्य गरिन् । त्यस्तै पुर्व खेलाडी नेपाल सामान ढुवानी ब्यावसायी संघका सचिव अरुण श्रेष्ठले उत्कृष्ट स्पाईकरका लागि नगद प्रयोजन गरेका थिए । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी, दोस्रोले ३५ हजार, तेस्रोले २५ हजार र चौथोले १० हजार पुरस्कार प्राप्त गरे । बिद्यागत उत्कृष्ट खेलाडिले नगद २ हजार ५ सय प्राप्त गरे ।
बिजेतालाई युवा तथा खेलकुद मन्त्री सत्यनारयण मण्डल, सूचना तथा संञ्चार मन्त्री शेरधन राई,नेपाल भलिबल संघका उपाध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्रवहादुर चन्द,शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का, गोल्डेन गेट कलेजका सिईओ रमेश शिलवाल, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष सभासद बिनोद श्रेष्ठलगायतले खेलाडिलाई पुरस्कृत गरेका थिए । ३ दिने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]