default_image

10 years ago

March 12, 2016

धनगढी क्रिकेट लिगमा अत्तरियाको पहिलो जित

120 views

0 Bookmark

धनगढी, फागुन २९ । धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग(डिसिएल)सिजन–३ मा सिवाइसी अत्तरियाले पहिलो जित दर्ता गरेको छ ।

aatriya

शनिबार सम्पन्न पहिलो खेलमा मेवुव आलमको अविजित अर्धशतकीय पारीको मद्दतमा सिवाईसी अत्तरियाले हसनपुर रोयल्र्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । हसनपुर रोयल्स्ले दिएको ९६ रनको लक्ष्य अत्तरियाले ४ विकेटको क्षतिमा १४.२ ओभरमा पुरा ग¥यो । २६ बलको सामना गरेका मेहबुब आलमले ४ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे । त्यस्तै प्रेम तामाङले १२ रनको योगदान दिए । हसनपुर रोयल्र्सका दिपेन्द्र सिंह ऐरी, प्रकाश थापा, अमित पडाल, भिम सार्कीले समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको उत्रेको हसनपुर रोयल्र्सले १९.६ ओभरमा सवै विकेट गुमाएर ९५ रन मात्र बनाउँन सक्यो । हसनपुर रोयल्र्सका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा कमजोर रनमै समेटियो । बसन्त सिंह कार्कीले २६ तथा प्रकाश थापाले १६ रनको बनाए । अत्तरियाकासुरेन्द्र चन्दले ४ विकेट तथा मेहबुब आलमले २ विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.