default_image

10 years ago

March 17, 2016

सागमा पदक जित्ने बक्सर सम्मानित

166 views

0 Bookmark

काठमाडौं, चैत ४

भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई बिहीबार सम्मान गरिएको छ ।
नेपाल बक्सिङ संघले उनीहरुलाई नगदसहित एक कार्यक्रमबीच सम्मान ग¥यो । साथै सहभागी अन्य खेलाडी र टिम व्यवस्थापक पनि सोही अवसरमा सम्मानित भए ।

boxer
नेपालले बक्सिङमा एक पुरुष र दुई महिला गरी ३ खेलाडीले पदक जितेका थिए । तीनै खेलाडीले कांस्य जिते ।
पुरुषको ६४ केजीमा दीपक श्रेष्ठ तथा महिलाको ५१ केजीमा मीनु गुरुङ र ६० केजीमा सरस्वती रानाले कांस्य हात पारेका थिए । दीपक र सरस्वतीले अफ्गानिस्तान तथा मीनुले पाकिस्तानी खेलाडीलाई हराएका थिए । उनीहरुलाई जनही २० हजार र सम्मान पत्र प्रदान गरियो ।
त्यस्तै सम्मानित हुने प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, प्रवीण तुलाधर, प्रकाश थापा मगर र निमा तामाङ रहेका छन् । प्रचण्डले ७ हजार ५ सय र बाँकीले समान ५–५ हजार नगदसहित सम्मान पत्र प्राप्त गरे ।
बक्सिङमा नेपालले ७ पुरुष र ३ महिला गरी १० खेलाडी सहभागी गराएको थियो । सहभागी पुरुषको ४९ केजीमा तेजबहादुर देउवा, ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा दिनेश श्रेष्ठ, ६० केजीमा दानबहादुर दर्लामी, ६९ केजीमा विकास लामा तथा ७५ केजीमा दीपेश लामालाई सम्मान पत्रबाट सम्मान गरियो । महिलातर्फ ७५ केजीमा सहभागी संगीता सुनार पनि सम्मान पत्रबाट सम्मानित भइन् । सम्मानित हुने टिम व्यवस्थापकमा बक्सिङ संघका सदस्य गौतम सुजाखु छन् ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, बक्सिङ संघका अध्यक्ष राजिव श्रेष्ठ र बक्सिङ संघका मानार्थ आजीवन अध्यक्ष विष्णुगोपालश्रेष्ठले सम्मान गरे ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.