10 years ago
March 18, 2016
काठमाडौ, चैत ५ भारतमा हुन लागेको सेन्ट्रल जोन भलिबलका लागि नेपाल भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट गरेको छ ।
संघले छनोट गरेको दुबै टोलीमा समान १७ खेलाडी रहेका छन् । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी भईरहेका संघले बताएको छ ।
प्रतियोगिता चैतको दोस्रो साता देखी भारतमा हुने भनेपनि केहि दिनको लागी स्थगित भएको छ । छनोट हुने सफल पुरुष टोलीमा धन बहादुर भट्ट, मान बहादुर श्रेष्ठ, दिल सुनार, भैरब बहादुर बम, भुवन कार्की, नरेन्द्र गिरी, हरि हजुर थापा, दुर्गा महतो, इश्वर थापामगर, इम रानामगर, कुल बहादुर थापा, सञ्जय अर्याल, चन्द्र कुवर, देवराज शर्मा, महेन्द्र श्रेष्ठ, पुष्प जंग मल्ल र विजय थापा टोलीमा परेका छन् ।
महिला टोलीमा सरस्वती चौधरी, नेविका चौधरी, उषा विष्ट, चन्दा राना, रेश्मा भण्डारी, बिनिता बुढाथोकी, मञ्जु गुरुङ, अरुणा शाही, मनिषा चौधरी, हिरा केसी, प्रतिभा माली, कृपा अधिकारी, सलिना श्रेष्ठ, कोपिला उप्रेती, कमला पुन, निमा श्रेष्ठ र जानकी भण्डारी परेको छन ।
पुरुष खेलाडीको छनोट प्रथम प्रधान सेनापती कप भलिबल र महिलाको छनोट भने खुला रुपमा गरिएको हो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]