default_image

7 years ago

November 17, 2018

च्यासलविरुद्ध पहिलो हाफमा अार्मीलाई अग्रता

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले जारी खेलमा त्रिभुवन अार्मी क्लब र च्यासल युवा क्लब भिड्दै छन् । पहिलो हाफमा अार्मीले १-० को अग्रता लिएको छ ।

अार्मीका लागि युवा डिफेन्डर विकास खवासले सुरुवाती गोल गरे । उनले सन्तोष तामाङको कर्नरमा २७ अौं मिनेटमा हेडरमार्फत गोल गरेका हुन् । खेलमा अार्मीले दवाव बनाएपनि गोल थप्न भने सकेन । च्यासलले पनि काउन्टरमा केहि अवसर सिर्जना गरेको छ ।

१४ अौं मिनेटमा च्यासलका अमिर श्रेष्ठको प्रहार गोलरक्षक विकेश कुथुले पन्च गरेका थिए । त्यसयता च्यासलको प्रहारले पोस्टको दिशा दिन सकेको छैन । अार्मीका लागि भने सन्तोषको फ्रिकिक गोलरक्षक दिनेशले बचाएका थिए ।

पहिलो हाफको अन्त्यतिर कप्तान भरत खवासले अग्रता दोब्बर पार्ने अवसर गुमाए । पेनाल्टी क्षेत्रभित्रबाट उनले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

च्यासलका लागि डेब्यु गरिरहेका फरवार्ड सन्तोष साहुखलले उल्लेख्य प्रदर्शन गर्न सकिरहेका छैनन् ‌। उनले पाएको अवसरले गोलरक्षकलाई कुनै कठिनाइ भएको छैन ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.