7 years ago
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारको पहिलो खेलमा भ्याली च्यासल युवा क्लब र न्यू रोड टिम (एनआरटी) भिड्दैछन् । पहिलो हाफमा च्यासलले २-० को अग्रता बनाएको छ ।

अमिर श्रेष्ठ
च्यासलका लागि अमिर श्रेष्ठले दुई गोल गरेका छन् । खेलको १४ औं मिनेटमा अमिरले पहिलो गोल गरेका थिए । विमल घर्ति मगरको पासमा सन्जोग राइले बायाँ विङबाट दिएको क्रसमा उनले फार पोस्टमा अनमार्क रहेको अवस्थामा भली प्रहार गर्दै गोल गरेका थिए ।
अमिरले नै च्यासलको अग्रता दोब्बर पारे । उनले २९ औं मिनेटमा आकर्षक भलीमार्फत गोल गरे । पहिलो गोलझैं अनमार्क रहेका अमिरको प्रहार गोलरक्षकले रोक्ने कुनै मौका पाएनन् ।

एनआरटीले काउन्टर अट्याकमा केहि आक्रमण गरेको छ । आठौं मिनेटमा एनआरटीक राजेश परियारले गरेको फितलो प्रहार गोलरक्षकले सहजै बचाए । २० औं मिनेटमा एनआरटीकै डिकेश खड्गीले सुशील लामाको पासलाई सदुपयोग गर्न सकेनन् ।
च्यासलले पहिलो हाफमा लगातार आक्रमण बुनिरहेको छ । च्यासलका सन्तोष साहुखलले ३२ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र गरेको प्रहारलाई गोलरक्षक सोजित गुरुङले विफल पारिदिए । पहिलो हाफको अन्तिम मिनेटमा अमिरको क्रसमा सन्तोषको हेडरले पोस्टको दिशा लिन सकेन ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]