10 years ago
March 25, 2016
काठमाडौं, चैत १२ तेस्रो सस्ंकरणको नयाँबजार कप राष्ट्रिय खुल्ला पुरुष भलिबललाई धौलागिरी थापा आवास कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गर्ने भएको छ ।

नयाँबजार सामाजिक युवा क्लबमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा धौलागिरी आवासका संचालक दाम्पन्तीद्धय कृष्ण थापा तथा चन्द्रकुमारी जिसी थापा र क्लबका अध्यक्ष भगवान थापाबीच साम्झौता पत्र आदनप्रदान गरे ।
प्रतियोगितामा मुख्य प्रायोजक गरे वापत प्रतियोगिताको तेश्रो संस्करण देखि ‘नयाँ बजार धौलांगिरी थापा आवास कप’को नामबाट हुनेछ । सम्झौता अनुसार धौलागिरी आवासका संचालक दाम्पन्तीद्धय कृष्ण थापा र चन्द्रकुमारी जिसी थापाले क्लबका अध्यक्ष भगवान थापालाई ७ लाख वरावरकोे चेक हस्तान्तरण गरे ।
प्रायोजनको चेक हस्तान्तरणपछि बोल्दै आवास कम्पनीका सञ्चालक कृष्ण थापाले नेपाली भलिबललाई उजागर गर्ने उद्देश्यले पहिलोपटक स्पोन्सर गरेको बताए । ‘म पनि भलिबलको पुर्व खेलाडी हु । सानैदेखि जानेको खेललाई माया मार्न सकिन ।’ सञ्चालक थापाले भने, ‘खेल्न नसक्ने भएपनि पुराना साथीभाईहरुले प्रतियोगिता गर्न लागेको खवर सुन्दा उत्साहित भएर खेलाडीको रुपमा नभई प्रयोजकको रुपमा हात हालेको हु । यो निरन्तर रहन्छ ।’
यस्तै क्लबका अध्यक्ष भगवान थापाले तेस्रो संस्करणमा व्यक्तिगत रुपमै मुख्य प्रायोजक भेट्दा प्रतियोगिता सञ्चालन गर्न हौसला मिलेको बताए ।
प्रतियोगिता चैत २४ बाट २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमले सभागिता जनाएका छन् । सहभागी टोलीमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, आँधीखोला स्पोर्टस क्लब स्याङ्जा, ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टर, विश्व विद्यालय खेलकुद संघ र आयोजक नयाँबजार सामाजिक युवा क्लब रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार १११ रुपैयासहित कप र मेडल प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले ७० हजार १११, तेस्रोेले ४० हजार १११ र चौथो हुनेले १५ जार १११ रुपैया प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट हुनेले सातहजार र विधागत उत्कृष्टले जनही पाँच–पाँच हजार प्राप्त गर्ने क्लबका अध्यक्ष भगवान थापाले जानकारी गराए । गत सस्करण एपिएफ क्लबले उपाधि जितेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]