10 years ago
April 15, 2016
रुकुम
सम्बृद्ध समाज नेपालद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टमा शुक्रबार पाँचौं र छैटौं चरणका खेलहरु सम्पन्न भए ।
छैटौं चरणको समाप्तिमा नेपाल च्याम्पियनहरु सिएम केशव श्रेष्ठ, बद्रिलाल नेपाली, फिडेमास्टर मनिष हमाल, नविन तण्डुकार र थापाथलि चेस पार्कका सुमित पन्त समान ५ अंकका साथ शिर्ष स्थानमा रहेका छन् । सातौं चरणमा पहिलो बोर्डमा बद्रि र केशव तथा दोश्रोमा नविन र मनिषबीच भिडन्त हुनेछ ।
पाँच दिने टुर्नामेन्टमा रुकुमका मिलन रोका र कंचनपुरका अर्जुन प्रसाद भट्ट साढे ४ अंकका साथ दोश्रो स्थानमा छन् । त्यस्तै ४ अंक प्राप्त गर्ने खेलाडीहरुमा सिएम रिजेन्द्र राजभण्डारी, भक्तपुरका ज्ञानेन्द्र खाइजु, बाँकेका तिर्थ विक, दाङ्गका दिनेश थापा र थापाथलिका सुमन राई, रुकुमका डा. दिपेन्द्र पुन, दैलेखका शक्तिराम बुढा, कास्कीका अटल बहादुर कोइराल र कैलालीका धन बहादुर बोगटी रहेका छन् ।
स्वीस लिग ९ चरणको खेल हुने टुर्नामेन्टमा ५२ जना खेलाडीहरु सहभागी छन् भने कुल नगद पुरस्कार ४ लाख २६ हजार छ । शनिबार सातौं र आठौं चरणको खेल हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]