default_image

10 years ago

April 15, 2016

राष्ट्रिय लिगमा भलिबलमा विभागिय टोलीको दबदबा

200 views

0 Bookmark

काठमाडौं – मध्यपश्चिममा प्रधानमन्त्री कप जारी रहँदा पूर्वको झापामा भने तेस्रो राष्ट्रिय पुरुष लिग भलिबलको सेमिफाइनल समिकरण पुरा भएको छ ।

अन्तिम चारमा विभागिय टोलीको बहुल्यता रहेको छ । सेमिफाइनल पुग्ने चारमध्ये तीन टोली विभागकै छन् ।

volleyball

नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी र पश्चिमाञ्चल भलिवल संघ अन्तिम चारमा प्रवेश गरेका छन् । तीनै विभागले समान ६ अंक र पश्चिमाञ्चल ५ अंक जोड्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

शुक्रबार आर्मी र एपिएफले दुई दुई खेल जिते । ढोरपाटनलाई २५–१३, २५–१२, २५–१९ ले हराउँएको एपिएफले अर्को खेलमा जाउलाखेललाई २५–११, २५–१५,२५–२३ ले निराश पार्यो  ।

आर्मीले मध्यमाञ्चललाई २५–१२, २५–१४,२५–२१ ले र पूर्वाञ्चललाई २५–१२, १५–१२ र २५–२० ले हरायो ।

शुक्रबार पहिलो खेलमा नेपाल पुलिसले जाउलाखेल क्लबलाई २६–२४, २५–२१, २५–१६ ले हराउँदै विजयी टोलीका इम राना म्यान अफ दि म्याच भए । नेपाल पुलिसका इम राना घोषित भए ।

अर्को खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१८, २५–९, १२–२५, २३–२५,१५–१० ले पराजित गर्‍यो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.