default_image

10 years ago

April 15, 2016

एपिएफ र रेलवेले फाइनलमा भिडने

180 views

0 Bookmark

नेपालगन्ज

साविक विजेता एपिएफ क्लब र भारतको रेलवे क्लब तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको फाइनलमा शनिबार भिडने भएको छ ।

volleyball

शुक्रबार पहिलो सेमिफाइनलमा रेलवेले भारतकै उत्तर प्रदेश टोलीलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको हो ।

उत्तर प्रदेशलाई सहजै पन्छाउने क्रममा रेलवेले खेल २८–२६, २५–१९, २५–८ ले हरायो । पहिलो सेट प्रतिस्पर्धा भएपनि त्यसपछिको सेटमा भने उत्तर प्रदेशले गतिलो प्रदर्शन गर्न सकेन ।

डिफेन्स कमजोर भएको कारण खेल हार्नु परेको उत्तर प्रदेशका प्रशिक्षक अकुंश सिंहले बताए ।

यसैगरी साविक विजेता एपिएफले न्यु डायमन्ड क्लबलाई हराउँदै फाइनलमा पुगेको हो ।

एपिएफले गत वर्षको फाइनलको प्रतिस्पर्धी डायमन्डलाई सहजै सेमिफाइनलमा पन्छाउन सफल भयो । एपिएफले डायमन्डलाई नेपालगन्ज रंगशालमा २५–१५, २५–१९, २५–१९ले हरायो ।

डायमन्डका प्रशिक्षक कुमार राईले डिफेन्स, ब्लक कमजोर भएको कारण हार्नु परेको बताए ।

उनले भने, हामीले आज स्वभाविक खेल खेल्न सकेनौं । स्पाइक पनि गतिलो भएन । ब्लकमा पनि राम्रो गर्न सकनौं ।

एपिएफका प्रशिक्षक विजय केसीले फाइनल जित्ने कोसिस गर्ने बताए । उनले भने, हामी खुसी छौ । फाइनलमा भारतको बलियो टोलीसँग खेल्न पाउँदा ।

बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगितामा ६ टोलीले प्रतिपर्धा गरेको थियो ।

लिग कम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपालको ४ र भारतको २ टोलीले खेलिरहेको छन ।

शनिबार फाइनलमा एपिएफ र रेलवेले खेल्न अघि तेस्रो स्थानको लागी डायमन्ड र उत्तर प्रदेशले खेल्ने आयोजक बाके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताएको छन ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.