10 years ago
April 22, 2016
राष्ट्रिय टोलीका गोलकिपर बिशाल श्रेष्ठ शुक्रबार इलिशा श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका छन् । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका पूर्व गोलकिपर विशाल र इलिशाबीच लामो प्रेम सम्बन्ध थियो ।
कपन बस्दै आएका विशालको विवाहमा फुटबल खेलाडी बिमल घर्तीमगर, रोहित चन्द , सुशिल केसी , सरोज दहाल सहभागी भएका थिए ।
गत बर्ष राष्ट्रिय लिग खेलेपछि मनाङसँगको उनको यात्रामा पूर्ण विराम लागको थियो । रुस्लान थ्री स्टारबाट किरण चेम्जोङ मनाङ गएका थिए । किरण गएपछि विशालले क्लब छोडेका थिए ।
केही महिनाअघि उनले थ्री स्टारबाट एउट प्रतियोगिता समेत खेलेका थिए । त्यसअघि उनले लामो समय मनाङबाट व्यवासायिक फुटबल खेले । मनाङबाट अधिकांश समय पहिलो रोजाइमा रहेपनि टोलीबाट भने उनले कमै मौका पाएका छन् । चोट कारण पनि उनी पटक पटक राष्ट्रिय टोलीबाट बाहिर रहे ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]