7 years ago
March 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको यु–१५ गल्र्स टोलीले क्रोएसियामा हुने आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप प्रतियोगिता खेल्ने भएको छ । अर्काे सातादेखि हुने प्रतियोगितामा नेपालको तर्फबाट नेपाली महिला भलिबलमा चर्चित तथा लोकप्रिय न्यु डायमन्ड एकेडेमीका खेलाडीहरु हुनेछन् ।

इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) ले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग समन्वय गर्दै नेपालको तर्फबाट डायमन्डको सहभागिता निश्चित भएको हो । सन् १९७२ देखि सुरु भएको यस प्रतियोगिताका लागि आइएसएफले नेपाल स्कुल स्पोर्टस् फेडेरेसनलाई भलिबलको लागि निम्ता पठाएको थियो ।
एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले टोलीले पहिलोपटक उमेर समूहमा अन्तर्राष्ट्रिय एक्स्पोजको लागि सहभागिता जनाउने पक्का भएको जानकारी गराए ।

यु–१५ मा प्रतियोगितामा नेपालसहित विभिन्न १४ देशको सहभागिता रहनेछ । जसमा बुल्गेरिया, चिली, चीन, चाइनिज ताइपेइ, क्रोएसिया, इस्टोनिया, फ्रान्स, हंगेरी, म्यासेडोनिया, नेपाल, नेदरल्यान्ड को दुर्य टोली, स्पेन र युक्रेन रहेका छन् ।
यो प्रतियोगिता नेपाली किशोरीका लागि आफ्नो प्रतिभा देखाउने राम्रो अन्तर्राष्ट्रिय मञ्च हुने प्रशिक्षक राईले बताए । उनले न्यु डायमन्डको मिहेनत र योगदानले नेपालको भलिबल इतिहासमै अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न पाएको बताउदै आयोजक र समन्वय गरिदिने एनएसएफलाई धन्यवाद व्यक्त गरे ।
आयोजकको नियमानुसार प्रतियोगितामा सहभागिता जनाउन कम्तीमा ९ देखि १२ खेलाडी हुनुपर्नेछ । प्रतियोगिता १६ देखि २२ चैतसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको टाइसिट आएको छैन । प्रतियोगिताको लागि करिव २५ लाख खर्च हुने र यो खर्च एकेडेमी आफैले बेहोर्ने प्रशिक्षक राईले बताए ।
क्रोएसिया जाने नेपाली टोली
सोनी थपलिया – खेलाडी
करिना सुनुवार – खेलाडी
सविना तामाङ – खेलाडी
दिया परियार – खेलाडी
जोया गुरुङ – खेलाडी
सजिना श्रेष्ठ – खेलाडी
रिया कुवँर – खेलाडी
प्रेक्षा राई – खेलाडी
सुनिता खड्का – खेलाडी
कुमार राई– प्रशिक्षक
राज कुमार कार्की – हेड अफ डेलिगेसन
सुनकेशरी माली – स्कुल शिक्षक
चन्द्रा बदना राई – रेफ्री
मोहन कुमार कार्की – स्कुल डाइरेक्टर
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]