default_image

7 years ago

April 11, 2019

आठौंको पहिलो स्वर्ण पुलिसलाई

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले हात पारेको छ । टेबल टेनिसको महिला टिम इभेन्टमा नेपाल एपीएफ क्लबलाई ३-१ ले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो ।

पुलिसकी एलिना महर्जनले सेलिषा खड्गीलाई ३-२ तथा नविता श्रेष्ठले अनिता महर्जनलाई ३-० ले पराजित गरेपछि पुलिस २-० ले अगाडी बढेको थियो । तेस्रो खेलमा पुलिसकी मन्जु सुवाल एपीएफकी सिक्क सुवालसँग ३-१ ले पराजित भएपछि एपीएफले पुनरागमन गर्ने सम्भावना देखिएको थियो ।

तर राष्ट्रिय च्याम्पियन नविताले सेलिषालाई ३-१ ले पराजित गर्दै समग्रमा पुलिसको जित सुनिश्चित गरिन् । पुलिसले यसअघि पनि महिलातर्फ स्वर्ण हासिल गरेको थियो ।

पुरुष टिम इभेन्टतर्फ भने फाइनल खेल दिउँसो ३ बजे हुनेछ । स्वर्णका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ भिड्दैछन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.