7 years ago
April 22, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – उपाधिको दावेदार त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आर्मी पुरुषतर्फ र एपीएफ महिलातर्फ अपराजित रहेर समूह विजेता बन्दै सेमिफाइनलमा पुुग्न सफल भएको हो । यस्तै पुरुषतपर्फ नेपाल पुलिस क्लब समूह विजेता तथा गण्डकी प्रदेश र एपीएफ समूह उपविजेता बन्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।
सोमबार भएको पुरुषतर्फको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–१४, २५–१८ र २५–२१ को सहज जित निकाल्या । पुरुषतर्फको अर्काे खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सहज जित निकालेपनि समूह विजेता बन्न सकेन ।
यो समूहबाट पुलिस ११ अंकसहित समूह विजेता तथा एपीएफले १० अंक जोडेर समूह उपविजेता बन्यो । आर्मी रहेको समूहबाट गण्डकीले यसअघि नै समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थानमा पक्का गरिसकेको थियो ।
अब पुरुषतर्फको सेमिफाइनलमा आर्मीले एपीएफ तथा पुलिसले गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ उपाधिका दुई दावेदार एपीएफ र प्रदेश ३ ले अपराजित रहँदै समूह विजेता बन्यो ।
सोमबार बाँकेको खजुरास्थित भलिबल कोर्टमा भएको समूह चरणको अन्तिम खेलमा प्रदेश ३ ले गण्डकीमाथि २५–११, २५–१९ र २५–१५ को सहज जित निकाल्यो । अर्काे विभागीय डर्बी भिडन्तमा एपीएफले पुलिसको चुनौती २५–१८, २५–१६ र २५–१६ ले पन्छायो ।
महिलातर्फ सेमिफाइनलमा प्रदेश ३ र पुलिस तथा एपीएफ र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल मंगलबार तथा फाइनल बुधबार हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]