7 years ago
June 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले माल्दिभ्सको शीर्ष श्रेणी क्लब ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्सबाट सुखद सुरुवात गरेका छन् ।

बुधबार सम्पन्न च्यारिटी सिल्डको दोस्रो लेगमा विमलले दुई गोल गरेपछि टिसीले फोकाइधु फुटबल क्लबलाई ३-१ ले पराजित गर्यो । पहिलो लेगमा १-१ को बराबरीपछि समग्रमा टिसीले जित दर्ता गर्दै सिजनको पहिलो उपाधि हात पारेको हो । विमलले दोस्रो लेगको खेल १-१ को बराबरीमा रहेको अवस्थामा ८ मिनेटको अन्तरमा २ गोल गर्दै टोलीलाई जित दिलाए ।

खेलपछि हाम्रोखेलकुदसँग बोल्दै विमलले टिसीसँग सुखद सुरुवात गर्न पाउँदा खुसी लागेको बताए । ‘ पहिलो प्रतियोगिता नै जित्न पाउँदा निकै खुसी छु । खेल पनि राम्रो भयो । अघिल्लो खेल अवे मैदान भएका कारण केहि कठिन भएको थियो । पहिलो खेलमा टोलीसँग खेल्न केहि कठिन पनि भएको थियो,’ उनले भने ।

उनले अब यसै प्रदर्शनलाई लिगमा पनि निरन्तरता दिंदै उपाधि जित्ने प्रयास रहने बताए । ‘ उपाधिबाट करिअर सुरुवात भएको छ । हाम्रो मुख्य लक्ष्य भनेको लिग उपाधि हो । अब त्यसैको तयारीमा जुट्नेछौं । साविक विजेताको रुपमा लिग खेल्दैछौं, फेरी उपाधि जित्ने लक्ष्य रहनेछ,’ विमलले टुंग्याए ।

टिसीले गत सिजन लिग उपाधि जित्दा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । उनले यसपटक राष्ट्रिय टोलीको खेललाई प्राथमिकतामा राख्दा टिसीले मौखिक सहमतिका बाबजुद उनलाई अनुबन्ध नगरेको हो ।

December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]