6 years ago
June 20, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – एनएसजेफ पल्सर स्पाेर्टस अवार्डले सह- प्रायाेजनकाे रुपमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सकाे साथ पाएकाे छ । अवार्ड असार १७ गते प्रज्ञा भवन कमलादीमा हुँदैछ ।

मञ्चले बिहीबार घाेराही इन्डस्ट्री प्रालिकाे उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्ससँग सह-प्रायाेजन सम्झाैता गरेकाे हाे । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र घाेराही सिमेन्टकाे निर्देशक आदित्य सांघाईले हस्ताक्षर गरे । सम्झाैता अनुसार सगरमाथा सिमेन्टले अवार्डका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

यस्तै अर्काे सम्झाैतामा मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र टर्किस एयर लाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्लाहले हस्ताक्षरर गर्दै आदान प्रदान गरे । सम्झाैता अनुसार टर्किसले मञ्चका सदस्यलाई १० प्रतिशत, वर्ष पुरुष र महिला विजेतालाई ५ लाख बराबरकाे दुई थान टिकट उपलब्ध गराउने छ । यस्तै मञ्चले सिफारिस गरेकाे राष्ट्रिय खेलाडीलाई समेत हवाई टिकटमा १० प्रतिशत छुट दिनेछ । सम्झाैता १ वर्षकाे रहेकाे छ ।

मञ्चले यसअघि नै खेलकुद ब्रान्ड केल्मी, रुस्लान, एभीन्युज टिभी, गोल्डस्टार, होटल रोयल सिंगी, डिस होम लगायतसँग प्रायोजन सम्झौता गरिसकेको छ । १० विधामा खेलाडी, प्रशिक्षक, खेलकर्मी र पत्रकारलाई सम्मान गर्ने अवार्डका लागि पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनय छिट्टै सार्वजनिक गरिनेछ । स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, टिम अफ द इयर र पारा एथ्लिट अवार्डको घोषणा अवार्ड समारोहकै दिन हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]