default_image

6 years ago

July 15, 2019

मेस्सी ब्यालोन डी’ओरमा कमजोर हुनुका ३ कारण

203 views

0 Bookmark

एजेन्सी – बार्सिलोना तथा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी विश्व फुटबलमा सर्वाधिक प्रतिष्ठित व्यक्तिगत उपाधि बालोन डी’ओर ५ पटक जितेका खेलाडी हुन् । उनीसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि ५ पटक नै अवार्ड हात पारेका छन् ।

मेस्सीले सन् २००९ देखि २०१२ को बिचमा लगातार ४ पटक यस अवार्ड हात पार्दै कीर्तिमान रचेका थिए । त्यसपछि सन् २०१५ मा पनि अवार्ड हात पारेका मेस्सीले त्यसयता भने अवार्ड समारोहमा खाली हात नै रहनु परेको छ । सिजन २०१८/१९ पनि मेस्सीका लागि मिश्रित रुपमा रहयो । व्यक्तिगत रुपमा सफल भएपनि टोलीका लागि भने मेस्सीले अपेक्षित सफलता हात पार्न सकेनन् ।

स्पेनिस ला लिगा उपाधि जितेका मेस्सीले छैटौं पटक युरोपेली गोल्डेन बुट हात पारे । तर च्याम्पियन्स लिगमा लिभरपुलसँग पराजित भएको मेस्सीको टोलीले कोपा अमेरिकामा पनि राम्रो प्रदर्शन गर्न सकेन । कोपा अमेरिकामा मेस्सीको व्यक्तिगत प्रदर्शन खराब रहयो । उनले चिलीविरुद्ध तेस्रो स्थानको खेलमा रातो कार्ड खाएपछि दिएको अभिव्यक्तिले उनलाई थप अनुशासन कारवाही हुने सम्भावना पनि रहेको छ ।

मेस्सीले यसपटक पनि ब्यालोन डी’ओर उपाधिको लागि दावेदारी प्रस्तुत गर्नेछन् । तर यी कारण छन् जसले उनलाई कमजोर बनाएको छ :

३. च्याम्पियन्स लिगमा लज्जास्पद पराजय

सन् २०१५ मा युभेन्ट्सलाई पराजित गर्दै उपाधि उचालेदेखि बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सकेको छैन । गत सिजन टोलीको कप्तानको जिम्मेवारी पाएपछि मेस्सीले च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्य राखेका थिए । उनले समूह चरणका ४ खेलमा ६ गोल गर्दै उत्कृष्ट सुरुवात पनि गरे । बार्सिलोना समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गर्यो ।

बार्सिलोनाले लियोनलाई सहजै पाखा लगाएपछि म्यानचेस्टर युनाइटेडको चुनौती पनि पन्छायो । त्यसपछि लिभरपुललै पहिलो लेगमा ३-० ले पराजित गर्दा मेस्सीले २ गोल गरे । त्यसमध्य एक गोल च्याम्पियन्स लिगको गत सिजनको उत्कृष्ट गोल पनि घोषित भयो । तर दोस्रो लेगमा लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनालाई ४-० ले हरायो । मेस्सीले च्याम्पियन्स लिगमा १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेपनि उनले उपाधिसम्म डोर्याउन नसक्दा ब्यालोन डी’ओर दौडमा केहि असर भने परेको छ ।

२. कोपा अमेरिकाको कमजोर प्रदर्शन

मेस्सीले आफ्नो करिअरमा ३४ मुख्य उपाधि जितेका छन् । यी सबै उपाधि मेस्सीले बार्सिलोनाबाट खेलेर जितेका हुन् । उनले अनेक प्रयास गर्दापनि अर्जेन्टिनाबाट भने सफलता हात पार्न सकेका छैनन् । उनले उमेर समूहमा यू-२० र ओलम्पिकमा स्वर्ण पदक जित्नु नै राष्ट्रको लागि गरेको उपाधि योगदान हो । मेस्सीले अर्जेन्टिनाबाट खेल्दै ४ पटक ठूला प्रतियोगिताको फाइनलमा हार बेहोरेका छन् ।

अर्जेन्टिनाको २८ वर्ष लामो उपाधि प्रतिक्षालाई मेस्सीले पूरा गर्न सकेका छैनन् । २०१९ को कोपा अमेरिकामा पनि मेस्सी पूर्णत असफल रहे । सेमिफाइनलमा बाहिरिएको अर्जेन्टिना तेस्रो स्थानमा चित्त बुझाउन बाध्य रहयो । मेस्सिको प्रदर्शन पनि निकै खराब रहयो । उनले ६ खेलमा १ पेनाल्टी गोल र १ असिस्ट मात्र दिलाउन सके । अन्तिम खेलमा रातो कार्ड पाएका मेस्सीले पत्रकारलाई दिएको अभिव्यक्तिले उनी थप समस्यामा परेका छन् ।

१. अन्य दाबेदार खेलाडी

पछिल्लो एक दशकमा मेस्सी विश्व फुटबलका उत्कृष्ट मध्यम पारिरहे । उनले आफ्नो खेल शैलीलाई परिस्कृत गर्दै लगातार उपाधि जितिरहे । यसक्रममा उनलाई रोनाल्डोले पनि उत्तिकै चुनौती दिए । मेस्सीले घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरेपनि अन्य खेलाडीको तुलना गर्दा भने मेस्सीलाई यसपटक ब्यालोन डी’ओर मा निकै कठिन देखिन्छ ।

नेदरल्यान्ड्स तथा लिभरपुलका डिफेन्डर भर्जील भान डाइकको प्रदर्शन उत्कृष्ट रहयो । उनले च्याम्पियन्स लिग उपाधि दिलाउँदा लिभरपुलको जितमा महत्त्वपूर्ण भूमिका खेले । लिगमा उपविजेता बनेको लिभरपुलले सिजनभर मात्र एक खेलमा हार बेहोरेको थियो ।

लिभरपुलका गोलरक्षक एलिसनले पनि यसपटक बलियो दाबेदारी प्रस्तुत गर्नेछन् । उनले प्रिमियर लिग, च्याम्पियन्स लिग र कोपा अमेरिकामा गोल्डेन ग्लोभ्स हात पारे । तिमध्य कोपा अमेरिका र च्याम्पियन्स लिगमा उपाधि पनि जिते ।

यसबाहेक युभेन्टस पुगेका क्रिस्टियानो रोनाल्डोको लागि पनि सिजन औसत नै रहयो । युभेन्टसलाई लिग उपाधि दिलाउँदा रोनाल्डोको भूमिका महत्त्वपूर्ण रहयो । रोनाल्डोले यूईएफए नेसन्स लिग उपाधि दिलाउँदा सेमिफाइनलमा ह्याट्रिक पनि गरेका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.