default_image

6 years ago

July 23, 2019

विश्वकप छनोट : कतारविरुद्ध नेपालले टस जित्यो

143 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट उपाधिको प्रमुख दाबेदार नेपालले पहिलो खेलमा कतारको सामना गर्दैछ ।

नेपालका कप्तान पारस खड्काले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । आजको खेलमा मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले कमब्याक गरेका छन् । यस खेलमा पवन सर्राफ, रोहितकुमार पौडेल र प्रदिप ऐरी बेन्चमा रहेका छन् ।

नेपालको प्लेइङ ११ :
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. ललित नारायण राजवंशी

नेपाल कतारमाथि सहज जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । उपाधिको एक्लो दाबेदारका रुपमा हेरिएको नेपालले कतारलाई सहजै हराउन सक्ने अनुमान गरिएको छ । कतार सोमबार पहिलो खेलमा आयोजक सिंगापुरसँग ३३ रनले पराजित हुँदै खराब सुरुवात गरेको छ । पहिलो पटक ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको कतारलाई नेपालसँगको खेल जित्नै दबाब छ ।

कतारले सन् २००७ मा कुवतेमा भएको एसीसी टी २० प्रतियोगितामा नेपाललाई ३ विकेटले पराजित गरेको थियो । सन् २००९ मा कतारलाई नेपालले ६ विकेटले पराजित गरेको थियो । आईसीसी टी २० वरीयता अनुसार नेपाल ११ र कतार २१ औं स्थानमा छन् । कतारले नेपालसँग पहिलो पटक टी२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.