6 years ago
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले भदौ तेस्रो सातामा गर्ने दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिपका विजेताले ९ लाख रुपैयाँ बराबरको परस्कार प्राप्त गर्ने भएका छन् ।

यहि भदौ २० र २१ (सेप्टेम्बर ६ र ७) मा काठमाडौंको भृकुटीमण्डपमा हुने ई-स्पोर्ट्स च्याम्पियनसिपमा खेलतर्फ डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो) र फिफामा प्रतिस्पर्धा हुनेछ । आयोजक नेसाले डोटा-२ र सीएस-गोका ५ खेलाडी सम्मिलित टोलीले दर्ता शुल्क २५ सय तिर्नुपर्ने जनाएको छ । यसपटकको डोटा च्याम्पियन डिसेम्बर ११ देखि १५ सम्म दक्षिण कोरियाको सोलमा हुने ११ औं विश्व च्याम्पियनसिपका लागि छनोट हुने जानकारी दिएको छ ।
ई-स्पोर्ट्स च्याम्पियनसिपमा एकल विधातर्फ फुटबल खेलको प्रसिद्ध खेल ‘फिफा’ मा दर्ता गर्न भने खेलाडीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ । सबै खेलको विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै कस्प्ले र क्लासरुम रकर्समा पनि प्रतिस्पर्धा हुनेछ । कस्प्ले भन्नाले ‘कस्टम प्ले’ अर्थात एनिमेसन र कार्टुन क्यारेक्टरको पहिरनमा सजिनु हो । क्लासरुम रकर्समा विभिन्न कलेज तथा स्कुलका संगीत ब्यान्डहरुले प्रतिस्पर्धा गर्नेछन् । नेसाले सबै खेल गरेर कम्तिमा ८ सय खेलाडीले सहभागिता जनाउने अनुमान गरेको छ ।
पुरस्कार राशी :
डोटा-२ : विजेता – ५० हजार, उपविजेता – २० हजार, सेमिफाइनल पुगेका दुवै टोलीलाई १०-१० हजार
सीएस-गो : विजेता – ५० हजार, उपविजेता – २० हजार, सेमिफाइनल पुगेका दुवै टोलीलाई १०-१० हजार
फिफा : विजेता – १० हजार, उपविजेता – ४ हजार, सेमिफाइनल पुगेका दुवै टोलीलाई २-२ हजार
कस्प्ले : शीर्ष ५ मा पर्ने सबै विजेताले जनही १०-१० हजार
क्लासरुम रकर्स : विजेता – २० हजार, उपविजेता – १० हजार
नगद पुरस्कारसँगै विजेताहरुले विभिन्न छात्रवृत्ति तथा खेलसँग जोडिएका सामग्रीहरु प्राप्त गर्नेछन् । सबै पुरस्कार गरेर ९ लाख बराबरको पुरस्कार प्रदान गरिने नेसाका अध्यक्ष सुरज डंगोलले जानकारी दिए । यस्तै गत सिजनका विजेता टोलीका अरुण मिश्रले नेपालमा ई-स्पोर्ट्सको धेरै सम्भावना रहेकाले राम्रो सहयोग मिलेमा अन्तर्राष्ट्रिय स्तरमा प्रभाव जमाउन सक्ने बताए ।

पछिल्लो संस्करणमा ई-स्पोर्ट्स च्याम्पियनसिप मात्र आयोजना गरेको नेसाले यसपटक ई-स्पोर्ट्स एक्स्पो पनि आयोजना गर्ने भएको छ । नेपालमा ई-स्पोर्ट्सको व्यापार र यसको विस्तारमा रहेका सम्भावनालाई जनमानसमा पुर्याउने लक्ष्य लिएर यो एक्स्पो आयोजना गर्ने लागिएको संघका अध्यक्ष सुरज डंगोलले जानकारी दिए । एक्स्पोमा विभिन्न खेल तथा पात्रको रुपधारण गर्ने ‘कस्प्ले’ प्रदर्शनीका साथै क्लासरुम रकर्स (ब्यान्ड प्रतियोगिता) पनि आयोजना हुनेछ । एक्स्पोबाट झन्डै १० हजार लाभान्वित हुने लक्ष्य नेसाले राखेको छ । च्याम्पियनसिप तथा एक्स्पो आयोजनाका लागि हामीले सम्पूर्ण इभेन्ट व्यवस्थापनका लागि माइससँग सम्झौता गरेको संघले जनाएको छ ।
नेपालमा ई-स्पोर्ट्सको सर्वोच्च निकायका रुपमा रहेको नेसाले अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ । पछिल्लो वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा प्रदर्शनी खेलको रुपमा रहेको लिग अफ लेजेन्ड्समा भिएतनाममा भएको एसियाली छनोटमा सहभागिताका साथै गतवर्ष नै ताइवानमा भएको १० औं विश्व च्याम्पियनसिपमा नेसामार्फत नै सीएसगोमा नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपटक प्रतियोगिता आयोजनामा नेपाल ओलम्पिक कमिटिको पनि सहयोग रहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]