default_image

6 years ago

August 10, 2019

अपराजित स्यान्टु र नवितासहित ६ खेलाडी छनोट

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले शनिबार सम्पन्न एसियन च्याम्पियनसिप छनोट प्रतियोगितामा अपराजित रहँदै प्रथम स्थान हासिल गरेका छन् ।

इन्डोनेसियाको योग्यकार्तामा सेप्टेम्बर १५ देखि २२ सम्म हुने प्रतियोगिताको लागि पुरुष र महिलातर्फ ३-३ खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको थियो । लैनचौरस्थित केन्द्रीय प्रशिक्षण केन्द्रमा आयोजित प्रतियोगितामा पुरुषमा स्यान्टुसँगै अमरलाल मल्ल र संयोग कपाली तथा महिलातर्फ नविता, सिक्का सुवाल र एलिना महर्जन शीर्ष ३ मा रहेर छनोट भए ।

पुरुषतर्फ अन्तिम खेलमा अमरलाल मल्ललाई ३-१ ले पराजित गर्दै स्यान्टु अपराजित रहे । पहिलो सेटमा अमर ११-७ ले विजयी रहेपनि स्यान्टुले त्यसपछि ११-७, ११-८, ११-८ को जित दर्ता गरे । संयोगले तेस्रो स्थान हात पार्न दोस्रो वरीयताका प्रदीप रोक्कालाई ३-१ ले हराएका थिए । पहिलो सेट ११-५ ले जितेका संयोगले दोस्रो सेट ११-६ ले गुमाए । त्यसपछि ११-७, ११-८ को जित दर्ता गर्दै संयोगले प्रदीपलाई हराए ।

स्यान्तु श्रेष्ठ

महिलातर्फ विजेताको टुंगो लगाउन भएको अन्तिम खेलमा पाँचौ वरीयताकी  सिक्काले नवितालाई पहिलो सेटमा ११-५ ले पराजित गरेपनि त्यस लयलाई कायम राख्न सकिनन् । उनले त्यसपछि लगातार तिन सेट ११-७, ११-५, ११-४ ले पराजित हुँदै दोस्रो स्थानमा सिमित भइन् । नविता पछिल्लो ८ वर्षदेखि अपराजित रहँदै आएकी छिन् ।

तेस्रो स्थानको खेलमा दोस्रो वरीयताकी एलिनाले स्वेच्छा नेम्वाङलाई ३-२ ले पराजित गरिन् । निकै प्रतिस्पर्धात्मक खेलमा एलिना ११-९, ११-४, ८-११, ८-११, ११-४ ले विजयी रहिन् । महिलातर्फ निकै आशा गरिएकी चौथो वरीयताकी दिक्षा तामाङ र रविना महर्जनले शीर्ष ४ मा पनि स्थान बनाउन सकेनन् । पुरुषतर्फ प्रदीप र महिलातर्फ स्वेच्छा वैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।

नविता श्रेष्ठ

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.