6 years ago
August 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल इतिहासमै पहिलो पटक नेपालमा आयोजना हुन लागेको पाँचौ संस्करणको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पिनसिपका लागि सहभागी टोलीहरु आउने क्रम जारी छ । यसक्रममा रसियन ब्लकका दुई टोली तुर्कमेनिस्तान र किर्गीस्तान पनि शनिबार विहान नेपाल आइपुगेका छन् ।

दुवै टोली आज विहान १:३० बजे काठमाडौंमा आइपुगेका हुन् । टोलीहरुलाई नेपाल भलिबल संघका उपाध्यक्षद्वय निरोज मास्के, ऐन बहादुर शाही, सचिव मनवीर छन्त्याल र सदस्यद्वय ज्योति केसी र रोशन श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । टोलीरु पक्नाजोलस्थित होटल मुनलाइटमा बस्नेछन् । अन्य सबै टोली आइसकेको अवस्थामा अब उज्वेकिस्तान आइतबार बिहान नेपाल आउनेछ ।
सेन्ट्रल जोनका लागि अफगानिस्तानको टोली गत मंगलबार नै नेपाल आइसकेको छ । टोलीले नेपालसँग दुई मैत्रीपुर्ण खेल खेलिसकेको छ । जसमा नेपाल दुवै खेलमा ३–२ को सेटमा विजयी हुन सफल भएको थियो । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र किर्गिस्तानसहित ३ टोली रहेका छन् । यस्तै समूह ‘बी’ मा साविकको विजेता तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले समूह चरणको एक खेल मात्र जितेपनि सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूहको तेस्रो स्थानमा आउने दुई टोलीले पनि पाँचौ र छैटौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा गर्नेछन् । नेपालले समूह चरणका खेलमा सोमबार ४ बजे किर्गिस्तानको सामना गर्नेछ । दोस्रो खेलमा बुधबार ५ बजे माल्दिभ्ससँग खेल्नेछ । तालिका अनुसार सेमिफाइनल बिहीबार तथा फाइनल खेल शनिबार २ बजे हुनेछ ।
च्याम्पियनसिप लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । च्याम्पियनसिपको सबै खेलको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]