default_image

6 years ago

August 19, 2019

विशाल र विनोद बाहिरिए

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीबाट विशाल विक र विनोद चन्द बाहिरिएका छन् ।

नियमअनुसार टोलीमा १२ जना खेलाडीमात्रै राख्न पाउने भएकाले प्रशिक्षक हान एबिङले आइतबार अपोजिट स्पाइकर विशाल विक र लिवेरो विनोद चन्दलाई टोलीबाट बाहिर राखेको हो ।
प्रशिक्षक एबिङले आइतबार साँझसम्म नै १४ सदस्यीय टोलीलाई नियमित प्रशिक्षण गराउदै आइरहेका थिए ।

अन्तिम समयमा टिमबाट फालिएपछि खेलाडीद्धयले गुनासो पोखेका छन् । विनोद चन्द बाहिरिएसँगै टोलीमा एक लिवेरो इश्वर थापामगर मात्रै रहेका छन् ।

यस्तै अफगानिस्तानसँगको मैत्रीपुर्ण खेलमा चोट बोेकेका कप्तान इम बहादुर राना र ओपन स्पाइकर धन बहादुर बाट टोलीको प्रशिक्षणमा फर्किएका छन् ।

नेपालले आज बलियो किर्गिस्तानसँग खेल्दै सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको सुरुवात गर्दैछ । खेल ४ बजेपछि लगनखेलमा रहेको आर्मीको कभर्डहलमा हुनेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.