6 years ago
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनिय पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपाली सेनाको कभर्डहलमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल पहिलो सेटमा २५–२३ को सेटमा पराजित भएको थियो । नेपालले खेलमा अग्रता लिएर पनि पराजित हुन पुग्यो ।
दोस्रो र तेस्रो सेटमा कुनै पनि समय अग्रता लिन नसकेको नेपालले किर्गिस्तानलाई कडा टक्कर दिएपनि दोस्रो सेट २५–२२ र तेस्रो सेट पनि २५–२२ ले नै गुमाउन पुग्यो ।

नेपाल रहेको समूह ‘ए’ मा तीन टोली मात्रै रहेकाले पनि हारपछि पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । त्यसका लागि नेपालले बुधबार माल्दिभ्सलाई पराजित गर्नुपर्ने हुन्छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]