default_image

6 years ago

November 3, 2019

आईओएफटीसी मिचिगनमा हुने

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–ज्योति एभरेस्ट तेक्वान्दोको आयोजनामा अमेरिकाको इस्टर्न मिचिगन युनिभर्सिटीमा १३औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) हुने भएको छ ।

प्रतियोगिता सन् २०२०, मे १ र २ तारिखमा हुँदैछ । प्रतियेगिताका संयोजक लवप्रसाद गोर्खालीले १३औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी मिचिगनलाई दिएकोमा आइओएफटिसीलाई धन्यवाद दिए ।

आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ । पोर्टल्यान्डबाहेक अमेरिकाको अर्को राज्यमा पहिलोपटक इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप हुन लागेको हो ।

अमेरिकाको पोर्टल्यान्ड स्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ ।

जसअनुसार आइओएफटिसीको  प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङमा एक–एक संस्करण भइसकेको छ । तेक्वान्दो प्रशिक्षक तथा प्रतियोतिगाका संयोजक गोर्खालीले प्रतियोगितामा नेपाल, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, दक्षिण कोरिया, मेक्सिकोलगायत २५ राष्ट्रले भाग लिने पक्का भइसकेको जानकारी गराएका छन् ।

उनका अनुसार प्रतियोगितामा करिब सात सय भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपमा सिनियर पुरुष र महिलाको समान आठ–आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ ।

सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरिएको छ । प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ । नेपालबाट पाँच खेलाडी इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपमा सहभागी हुनेछन् । शैलेशराज गिरी, रञ्जित साउद, दिनेश सुनार, आयशा तामाङ र सुष्मिता मोक्तान इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपका लागि छनोट भएका हुन् ।

अमेरिकाको मिचिगनमा खेल्न योग्य भएका यी खेलाडीले आइओएफटिसीकै प्रायोजनमा जनही एक–एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरिसकेका छन् । आइओएफटिसी संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले नेपाली खेलाडीहरुलाई प्रतियोगितापूर्व एक महिना पोखरामा बन्द प्रशिक्षणमा राखिने जानकारी गराए ।

प्रतियोगिता आयोजनाका लागि १०५ सदस्यीय मूल आयोजक समितिका साथै विभिन्न उप समितिहरु पनि गठन भइसकेको जानकारी दिइयो । १३ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको कूल बजेट एक करोड २० लाख रुपियाँ रहेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.