default_image

10 years ago

June 17, 2016

पाँच महिनापछि महिला भलिबल टोली सम्मानित

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जितेको पाँच महिनापछि नेपाल भलिबल संघले महिला भलिबल टोलीलाई शुक्रबार सम्मान गरेको छ ।  नेपाल भलिबल संघले ओलम्पिक डे को अवसर पारेर राजधानीमा पदक विजेता टोलीका खेलाडीलाई नगदसहित सम्मान गरेको हो । सघंले प्रत्येक खेलाडी तथा अफिसियललाई जनही १० हजार रुपैयाँ दिएको थियो ।

सम्मानपछि महिला भलिबल टोलीका खेलाडी, संघका पदाधिकारी र अन्य अतिथी ।

सम्मानपछि महिला भलिबल टोलीका खेलाडी, संघका पदाधिकारी र अन्य अतिथी ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटि (एनआसी) का महासचिव लामा टेण्डी शेर्पा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा लगायतले सम्मान गरेका थिए । फागुनमा भारतमा सम्पन्न १२ सागमा नेपाली टोलीको कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरूङ थिइन् । अन्य खेलाडीमा नेविका चौधरी, सरस्वती चौधरी, अरुणा शाही, प्रतिभा माली, मनिषा चौधरी, कमला पुन, कोपिला उप्रती, रेश्मा भण्डारी, कृपा अधिकारी र उषा विष्ट थिए । सम्मान अवसरमा राखेपद्धारा नेपाल भलिबल संघको सदस्यमा मनोनित भएकी रिता कोइरालालाई प्रमाण पत्र प्रदान गरियो ।
कार्यक्रममा भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ, निरोज मास्के, महासचिव जितेन्द्रबहादुर चन्द, सचिव जगदिश भट्ट, मनवीर छन्त्याललगायतको उपस्थिति थियो । १२ औं सागका पदक विजेता खेलाडीलाई सरकारले अहिले सम्म नगद पुरस्कार दिएको छैन ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.