6 years ago
December 2, 2019
कठमाडौं (हाम्रो खेलकुद)– नेपाली पुरुष काता टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) को कराते अन्तर्गत टिम काताको फाइनलमा प्रवेश गरेको छ । एकल कातामा स्वर्ण जितिसकेका मण्डेकाजी श्रेष्ठसहित प्रविण मानन्धर र महसुस तामाङको टोली बंगलादेशलाई हराउँदै अन्तिम दुईमा पुगेको हो ।

यस्तै अर्को समूहमा पाकिस्तानले २३.२ अंक ल्याएको थियो भने श्रीलंकाले २३.२२ अंक ल्यायो। नेपाल र श्रीलंकाबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
नेपालले कम्तिमा रजत पक्का पक्का गरेको छ । नेपाली टोलीले २५.१४ स्कोर गर्दा बंगलादेशले २४.८८ स्कोर गरेको थियो । काठमाडौंमा जारी करातेमा नेपालले २ स्वर्ण र एक कास्य पदक जितिसकेको छ यसअघि जितिसकेको छ । त्यस्तै तेक्वान्दोमा १ स्वर्ण र १ रजत पदक जितेको छ ।
करातेमा मण्डेकाजी श्रेष्ठ र महिला टिम काताले स्वर्ण जितेका हुन् । त्यस्तै चन्चला दनुवारले रजत पदक जितेकी हुन् । तेक्वान्दो पुम्सेमा कमलबहादुर श्रेष्ठले स्वर्ण पदक जितेको हुन् । त्यस्तै १९ देखि २४ वर्ष उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जितेका छन् । पोखरामा सोनी गुरुङले ट्रायथोलनमा स्वर्ण पदक जितेकी छिन् ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]