6 years ago
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको ६१ केजी तौल समूह मुनि नेपालकी अनु गुरुङले रजत पदकमा सीमित बनेकी छिन् । सातदोबाटोमा मंगलबार भएको खेलमा बंगलादेशकी हुमाइरा अख्तरसँग ५–२ अंकले हार्दै रजत पदक जितेकी हुन् ।

यसअघि अनुले जयाकोदी डोनालाई ६–१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्। त्यस्तै, महिलातर्फ कै ५५ केजी तौल समूह मुनि मनिषा चौधरी कास्य पदकमा सीमित भइन् । उनी बंगलादेशका मार्जन अख्त्तरसँग २–१ ले पराजित भइन्।
मनिषालाई पराजित गर्दै फाइनल पुगेकी अख्त्तरले नै पाकिस्तानकी कौसार सानालाई ४–३ अंकले हराएर स्वर्ण जितिन् ।नेपालले करातेमा अहिले सम्म ८ स्वर्ण, ३ रजत र २ कास्य पदक जितेको छ ।
१३ औं सागका स्वर्ण पदक विजेता
स्वर्ण पदक
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१०.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
११.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१२.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१३.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१४.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१५.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१६.ट्रायथलन – सोनी गुरुङ
१७.डुवाथोलन – हिमाल टमाटा
१८. उसु (थाउलो) – विजय सिन्जाली
१९. उसु (थाउलो) – सुस्मिता तामाङ
२०.एथलेटिक्स (१० हजार मिटर)- सन्तोषी श्रेष्ठ
रजत पदक
१.कराते (एकल काता) – चन्चला दनुवार
२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
४.कराते (६१ केजी )- अनु गुरुङ
५.डुवाथोलन – लक्ष्मण मल्ल
कास्य पदक
१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल
२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु
३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ
५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु
६.ट्रायथलन – बसन्त थारु
७.कराते – राजीव पुडासैनी
८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]