default_image

6 years ago

December 3, 2019

भारतसँग पराजित हुँदै नेपाल रजतमा सिमित

294 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सिमित भएको छ । पाँचौ सेटमा पुगेको खेलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको हो ।

पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले २५-२१ ले जितेपछि उपाधि नजिक पुगेको नेपालले निकै प्रतिस्पर्धात्मक चौथो सेट २५-२० ले गुमायो । पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्यो । यद्यपि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो ।

खेलको पहिलो सेटमा भारत २५-१७ ले विजयी भएको थियो । भारतले सुरुवाती समय १३–८ को अग्रता लिएको थियो । निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेटमा सोझो जित हात पारेको थियो । दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ । महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई कुनैपनि सेटमा हराएको हो ।

दोस्रो सेटमा नेपालले सुरुवाती अग्रता कायम गरेको थियो । नेपालले ४-१ को अग्रता कायम गरेको थियो । भारतले पुनरागमन गर्दै ८-८ को बराबरीमा फर्कार्यो । भारतले लगातर दुइ अंक जोड्दै १०-८ को अग्रता कायम गर्न सफल भयो । नेपाली स्पाइकरले उत्कृष्ट ब्लक गरेपछि नेपालले खेलमा पुन अग्रता कायम गर्दै १३-१२ को अवस्थामा पुर्याएका थिए ।

कडा प्रतिस्पर्धा बनेको खेल भारतीय स्पाइकरले पुन उत्कृष्ट ब्लक गरेपछि नेपाल १६-१५ ले पछि परेको थियो । भारतीय खेलाडीको तालमेल नमिल्दा खेल १६-१६ को अवस्थामा पुगेको थियो । प्रतिभा मालीको चलाखीपूर्ण प्रर्दशनले नेपालले १९-१७ को अग्रता कायम गर्दै जितको आशा बढाएकी थिइन् । सफिया पुनको सर्भिस नेटमा लागेर कटेपछि अग्रता बढाएको थियो ।

नेपालले २१-१८ को अग्रता कायम गर्यो । प्रतिभा मालीको उत्कृष्ट सट भारतीय खेलाडीले उठाउन नसक्दा नेपाल जित तर्फ अघि बढ्दै २२-१८ को अग्रता कायम गरेको थियो । नेपालको जितमा प्रतिभा मालीको जित उत्कृष्ट रह्यो ।

नेपालले तेस्रो सेटमा पनि सुरुवात देखीनै प्रतिस्पर्धा सहित अग्रता कायम गर्दै भारतलाई दबाबमा राख्यो । तेस्रो सेटमा १३–१३ को अवस्थामा पुगेको थियो । प्रतिभाको उत्कृष्ट सर्भिस भारतीय खेलाडीले उठाउन नसक्दा नेपालले १५-१४ को अग्रता कायम गरेको थियो । सरस्वती चौधरीले भारतीय स्पाइकरको सट ब्लक गर्दै २०–१७ को अग्रता दिलाएकी थिइन् ।

सफिया पुनको उत्कृष्ट सटमा नेपालले ४ अंकको अग्रता कायम गरेको थियो । प्रतिभाको उत्कृष्ट सटमा नेपालले ५ अंकको अग्रता कायम गर्दै जित नजिक पुगेको थियो । नेपालले तेस्रो सेट २५-२१ ले जितेको हो ।

चौथो सेटमा निकै प्रतिस्पर्धा चलेपनि दुवै टोलीबीच निकै कम अन्तरको फरक रहेको थियो । चौथो सेटमा निकै प्रतिस्पर्धा चलेपनि दुवै टोलीबीच निकै कम अन्तरको फरक रहेको थियो । अधिकांश समय बराबरीमा चलेको खेलमा भारत १८-१६ ले अगाडी समेत रहेको थियो । नेपालले पुनरागमन गर्ने प्रयास गरेपनि भारतले लगातार अंक जोड्दै चौथो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो ।

पाँचौ सेटमा भारतले सुरुवातमा नै ३-० को अग्रता लिँदै नेपाललाई दवावमा राखेको थियो । नेपालले पुनरागमन प्रयास गर्दै ५-१ को अवस्थामा टाइम आउट लिएको थियो । पाँचौ सेटको मध्यान्तरमा नेपाल ८-२ ले पछाडी रहेको थियो । नेपालले पुनरागमन प्रयास गरेपनि सर्भीस बिग्रंद स्कोर १०-५ हुन पुग्यो । त्यसपछि भारतले लगातार अंक जित्दै पाँचौ सेटमा १५-६ को जित दर्ता गर्यो ।

यसअघि नेपाली महिला भलिबल टोलीले तीन पटक कास्यँ जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.