6 years ago
December 3, 2019
दिपक न्यौपाने, काठमाण्डौ
केहि समय यता नेपाली महिला भलिबल टोलीले एक पछि अर्को सफलताले आशाको संचार गराइरहेको छ । केहि साता अघि मात्र बंगलादेशमा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिप जितेर नेपाली टोली फर्केको थियो । त्यसअघि थाइल्यान्ड पुगेर नेपाली टोलीले सेन्ट्रल जोन र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तयारी गरेको थियो । जहाँ नेपाली टोली ७ वटा मैत्रीपूर्ण खेल खेलेको थियो ।
सेन्ट्रल जोनका लागि थाइल्यान्ड यात्रा फलदायी साबित भयो । नेपाल च्याम्पियन बनेर फर्कियो, स्वदेशमा आयोजना हुने १३ औं साग अघिको त्यो जितले टोलीमाथिको भरोसा बढ्यो । यसअघि सागको कहिल्यै फाइनल नपुगेको नेपालको लक्ष्य कम्तीमा फाइनल पुग्ने थियो ।
घरेलु टोलीमा सुरुवात पनि दमदार ढंगमा गर्यो नेपाली टोलीले । बंगलादेशलाई सोझो सेटमा हराएको नेपालले समूह चरणको पहिलो सेटमै कडा टक्कर दिदै स्तरमा सुधार भएको संकेत दियो । भलै त्यसपछिका दुवै सेटमा नेपालले कडा टक्कर दिन सकेन ।
समूहको उपविजेतका रुपमा अघि बढेको नेपालका लागि श्रीलंकासँग सेमिफाइनलमा पनि कम चुनौतिपूर्ण थिएन । कारण थियो, त्यसअघि नेपाली टोलीले श्रीलंकालाई हराउन सकेको थिएन । नेपाली टोलीले सबैको अनुमान भन्दा निकै फरक, सानदार प्रदर्शन गर्दै श्रीलंकालाई पहिलो पटक पराजित गर्यो । त्यो जितले पहिलो पटक फाइनलको ढोका खोलेको थियो । त्यो इतिहासिक जित थियो । कारण नेपालले कम्तीका रजत पदक श्रीलंकालाई हराउँदै प्राप्त गरेको थियो ।
त्यसपछिको अन्तिम लडाई फेरि पनि भारतसँग थियो । श्रीलंकालाई हराउँदै अघि बढेको नेपाली टोलीबाट त्यसपछि भने थप सफलताको आशा गर्न थालियो । जसरी नेपाली टोलीले प्रदर्शन गरिरहेको त्यो हिसाबले त्यो आशा अस्वभाविक थिएन । त्यहि जोशमा नेपाली टोली भारतविरुद्ध उत्रियो । राखेप कभर्ड हलमा दर्शक भरिएर खुट्टा टेक्ने ठाँउ थिएन । पहिलो पटक फाइनल खेलिरहेको टोलीको उत्साह बढाउन दर्शक लालयित थिए ।
नेपाल , नेपाल भन्दै सयौ दर्शकको हुटिङले कभर्ड हल गुन्जायमान थियो । पहिलो सेट नेपालले १७–२५ ले गुामएपछि समूह चरणमा जस्तै ३–० को सोझो सेटमा टोली हार्छ भन्ने पनि भयो । तर, नेपाली टोलीलाई यसपटक सोझो सेटको हार स्वीकार्य थिएन । कडा प्रतिस्पर्धाकाबीच नेपालले दोस्रो सेट २५–२३ ले जित्यो । त्यसपछिको सेटमा नेपाल झनै शसक्त रुपमा प्रस्तुत भयो र २५–२१ ले आफ्नो पक्षमा पार्यो । २–१ ले अगाडि बढेपछि लाग्यो अब नेपाली टोली एतिहासिक जितको नजिक छ । तर, भारतले चौथो सेटमा पुनरागमन गर्यो । नेपाल २०–२५ ले पराजित भयो ।
अन्तिम तथा निर्णायक सेटमा भने नेपाली टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन । भारत हाभी हुँदै गयो भने नेपाली टोलीले एक पछि अर्को गल्ति गर्यो । जसका कारण नेपाल ६–१५ ले पराजित भएको थियो । खेल सकिएपछि खेलाडीले आसु थाम्न सकेनन् । सायद, उनीहरुलाई लाग्यो होला भारतलाई भलिबलमा हराउँने यो भन्दा राम्रो मौका फेरि नआउन सक्थ्यो । अर्को एउटा इतिहास रच्नेबाट चुकेका कारण मन थाम्न गार्यो परेको प्रष्ट हुन्थ्यो ।
तर, महिला टोलीले निराश हुनुपर्ने केहि छैन । हामीले अहिले सम्मकै ठूलो सफलता हासिल गरेका छौं, कास्य पदक जितेका छौं । आउने दिनमा स्वर्ण जित्ने लक्ष्यका साथ अघि बढ्न अझै प्रेरणा मिलेको छ । सानो मन गर्नुपर्ने केहि छैन । खेलाडीलाई ढाडस दिन मुख्य अतिथि उप राष्ट्रपति नन्दबहादुर पुन उनीहरु भए ठाँउमा पुगे । उनले टोलीको प्रदर्शनको उच्च प्रशंसा गरे । खेलाडी मात्र होइन कतिपय दर्शकका आँखा भिजेका थिए । टोलीका प्रशिक्षक जगदिश भटटले चौथो सेटको कमजोरीका कारण ऐतिहासिक अवसर गुमाएको बताइरहँदा चेलीहरुको आसु धामिएको थिएन ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]