default_image

4 years ago

December 4, 2019

करातेमा अनुपमालाई स्वर्ण, नेपालको स्वर्ण संख्या २५ पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– करातेमा नेपालको अर्को स्वर्ण पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते कुमुतेमा अनुपमा मगरले बुधबार स्वर्ण पदक जितेकी हुन् । उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुने । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता […]

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– करातेमा नेपालको अर्को स्वर्ण पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते कुमुतेमा अनुपमा मगरले बुधबार स्वर्ण पदक जितेकी हुन् ।

उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुने । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता हुन् । उनले अर्की नेपाली खेलाडी रिता कार्कीलाई हराएर कास्य जितेकी थिइन् ।

त्यसअघि अनुपमाले श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७–४ को जितका साथ अन्तिम दुईको यात्रा तय गरेकी थिइन् । करातेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । करातेमा नेपाल अहिले सम्म कुनै पनि इभेन्टमा पदक विहिन भएको छैन । करातेका अब ३ इभेन्ट बाँकी छन् ।

१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त गरेको पदक

स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

रजत पदक

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.कराते (६१ केजी )– अनु गुरुङ

५. कराते (७५ केजी)– गंगाराम थारु

६.डुवाथोलन – लक्ष्मण मल्ल

७. डुवाथोलन – हुमी बुढा मगर

८. महिला भलिबल टोली

९. टेबल टेनिस (टिम इभेन्ट, पुरुष)

कास्य पदक

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

९. एथलेटिक्स (१० हजार मिटर)– दीपक अधिकारी

१०.उसु (थाउलो) – हरि प्रसाद गोले

११. ब्याडमिन्टन (टिम इभेन्ट, महिला)

१२. ब्याडमिन्टन (टिम इभेन्ट, पुरुष)

१३. टेबल टेनिस (टिम इभेन्ट, महिला)

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

पुलिससँग न्यु डायमण्डको हार

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल पुलिस क्लबले काठमाडौमा जारी केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा बिहीबारको दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टोलीलाई ३-१ को सेटमा हराउँदै फाइनल पुग्ने सम्भावना जिवित राखेको छ। पुलिस क्लबले न्यु डायमण्डलाई १८–२५,२५–२२, २५–२२ र २५–१८ ले […]

Success

Thank you for your time.