default_image

4 years ago

December 4, 2019

महिला खोखोमा नेपाललाई रजत

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिम इभेन्टमा नेपालको अर्को रजत पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला खो खोमा नेपालले रजत पदक जितेको हो ।

कीर्तिपुरस्थित बुधबार भएको फाइनलमा भारतसँग पराजित भएपछि नेपाल रजतमा सिमित भएको थियो । नेपालले महिला खोखोमा जितेको यो अहिले सम्मकै ठूलो पदक हो । नेपाल पहिलो इनिङमा १७–५ ले पछाडि परेको थियो । बंगालादेशले कास्य पदक जितेको छ ।  बंगलादेशले तेस्रो स्थानको खेलमा श्रीलंकालाई १०–७ ले हराएको थियो ।

लिग कम नकआउटका आधारमा भएको प्रतियोगिता अन्तर्गत समूह एको विजेताका रुपमा नेपाल अघि बढेको थियो । श्रीलंकालाई पराजित गर्दै नेपाली टोली अन्तिम दुईमा पुगेको थियो । त्यसअघि पुरुष खो खोमा नेपालले कास्य पदक जितेको थियो ।

१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त गरेको पदक

स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

रजत पदक

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.कराते (६१ केजी )– अनु गुरुङ

५. कराते (७५ केजी)– गंगाराम थारु

६.डुवाथोलन – लक्ष्मण मल्ल

७. डुवाथोलन – हुमी बुढा मगर

८. महिला भलिबल टोली

९. टेबल टेनिस (टिम इभेन्ट, पुरुष)

१०. खो खो (महिला टोली)

कास्य पदक

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

९. एथलेटिक्स (१० हजार मिटर)– दीपक अधिकारी

१०.उसु (थाउलो) – हरि प्रसाद गोले

११. ब्याडमिन्टन (टिम इभेन्ट, महिला)

१२. ब्याडमिन्टन (टिम इभेन्ट, पुरुष)

१३. टेबल टेनिस (टिम इभेन्ट, महिला)

१४. कराते (टिम फाइट, महिला)

१५. खो खो (पुरुष टोली)

May 8, 2024

सहाना प्रधान यु १९ भलिबल च्याम्पिनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद)- सहाना प्रधान प्रतिष्ठानको‌ आयोजनामा असारमा प्रथम सहाना प्रधान यु-१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ। नेपाल भलिबल संघको प्राविधिक र व्यवस्थापनमा‌ असार ९ गतेदेखि १५ गतेसम्म च्याम्पिनसिप हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुषबीच सहभागिता रहने बताइएको छ। भलिबल संघका‌ अध्यक्ष जीतेन्द्रबहादुर चन्दले प्रदेशलाई खेलाडी […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

सदस्य सचिव बस्नेतलाई सफाइ पेश गर्न ३ बजेसम्मको समय

हिमाल खरेल,बिर्तामोड स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको जनाउँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लाई सफाइ पेश गर्न अर्को पत्र पठाएका छन् । स्पष्टीकरण सोधेको दोस्रो दिन मुख्यमन्त्री कार्कीले बस्नेतलाई सफाइ पेश गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएर पत्र लेखेका हुन् । बैशाख २५ गते मंगलबार […]

Success

Thank you for your time.