default_image

6 years ago

December 4, 2019

ट्रायथोलनमा नेपालले रजत थप्यो

152 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ट्रायथोलनको मिम्स टिम रिलेमा रजत पदक जितेको छ । बुधबार सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको सम्मिलित मिक्स टिम रिले ट्रायथोलनमा नेपालले रजत पदक जितेको हो ।

ट्रायथोलनमा सोमबार महिला स्प्रिन्टमा सोनीले स्वर्ण पदक र पुरुषतर्फ बसन्तले कास्य पदक जितेका थिए । ट्रायथोलनमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य गरि कुल ६ पदक जितेको छ ।

मंगलबार डुवाथोलन पुरुषतर्फ स्प्रिन्टमा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका थिए । त्यस्तै सोहि विद्याको महिलातर्फ हुमी बुढा मगरले रजत पदक जितेकी थिइन् ।

ट्रायथोलनमा भारतले २ स्वर्ण, २ रजत र १ कास्य गरि कुल ५ पदक प्राप्त गर्यो । त्यस्तै श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरि कुल ४ पदक जित्यो ।

ट्रायथोलनका पदक विजेतालाई संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले व्यक्तिगत पुरस्कारको घोषणा गरेका छन् । उनले स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

गण्डकी प्रदेश सांसद दिपक कोईरालाले स्वर्ण पदक विजेतालाई २५ हजार, रजत विजेतालाई १५ हजार र कास्य पदक विजेतालाई १० हजार रुपैयाँ प्राप्त गरेका बताएका छन् ।

१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त गरेको पदक

स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

रजत पदक

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.कराते (६१ केजी )– अनु गुरुङ

५. कराते (७५ केजी)– गंगाराम थारु

६.डुवाथोलन – लक्ष्मण मल्ल

७. डुवाथोलन – हुमी बुढा मगर

८. महिला भलिबल टोली

९. टेबल टेनिस (टिम इभेन्ट, पुरुष)

१०. खो खो (महिला टोली)

११. ट्रायथोलन (मिक्स टिम)

कास्य पदक

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

९. एथलेटिक्स (१० हजार मिटर)– दीपक अधिकारी

१०.उसु (थाउलो) – हरि प्रसाद गोले

११. ब्याडमिन्टन (टिम इभेन्ट, महिला)

१२. ब्याडमिन्टन (टिम इभेन्ट, पुरुष)

१३. टेबल टेनिस (टिम इभेन्ट, महिला)

१४. कराते (टिम फाइट, महिला)

१५. खो खो (पुरुष टोली)

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.