6 years ago
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीअन्तर्गत महिला २ सय मिटर ब्रेस्ट स्ट्रोक स्पर्धामा १२ वर्षीय डुआना लामाले रजत पदक जितेकी छिन् ।

डुआनाले राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै नेपाललाई रजत पदक दिलाएकी हुन् । डुआनाले २ मिनेट ४४.६८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । उनीभन्दा अगाडि भारतकी अपेक्षा फर्नान्डेसले २ घण्टा ३८.०५ सेकेन्डमा निर्धारित दुरी पुरा गरेकी थिइन् ।
त्यसअघि सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा १२ वर्षीय डुआनाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा आफ्नै कीर्तिमान भंग गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा राखेको २ मिनेट ५५.०९ सेकेन्डको कीर्तिमान सुधार्दै आज २ मिनेट ४८.५७ सेकेन्डमा दुरी पूरा गरिन् ।
त्यसअघि पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै इतिहास रचिन् । यससँगै गौरिका पौडीमा व्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनिन् ।
गौरिकाले आफ्नो स्पर्धामा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेन्डमा पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् । भारतकि शिवांगी शर्मा २ मिनेट ७.१९ सेकेन्डको समय निकाल्दै दोस्रो भइन् । बंगलादेशकी जुनायाना अहमदले २ मिनेट १२.८३ सेकेन्डमा पुरा गर्दै कास्य जितिन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]