default_image

6 years ago

December 7, 2019

साग महिला ह्यान्डबल – नेपाल पहिलो पटक फाइनलमा

127 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपाल महिला हृयाण्डबलको फाइनलमा प्रवेश गरेको छ ।

 

पोखरा रंगशालाको हृयाण्डबल कोर्टमा शनिबार भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई २२–२१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल १७–१९ गोलले पछि परेको अवस्थामा अन्तिम समयमा २०–२० गोलबराबरी गर्दै २२–२१ गोलअन्तरले विजयी भएको थियो । नेपालको लागि उमा राईले सर्वाधिक ११ गोल गरिनभने कला राईले ४ र निशा राई र कविता राईले समान २–२ गोल गरे । यस्तै रामकुमारी चौधरी, रन्जना राई र बन्दना राईले समान १–१ गोल गरेका थिए ।

पहिलो हाफमा ८–११ गोलअन्तरले पछाडि परेको नेपालले अन्तिम समयमा पुनरागमन गर्दै पदक पक्का गरेको हो । नेपालले स्वर्ण पदकको लागि फाइनलमा भारतसँग खेल्ने छ ।

आजै भएको पहिलो सेमिफाइनल खेलमा भारतले बंगादेशलाई ४१–१३ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको हो ।
साग खेलको महिला हृयाण्डबलमा नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । नेपालले समुह विजेता बन्दै समेमिफाइनलमा प्रवेश गरेको थियो ।

१२ औं संस्करणकै साग गेमको सेमिफाइनलमा नेपाली महिला टोली बंगलादेशसँग हारेको थियो । तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पाकिस्तानसँग हार्दै पदकविहीन बनेको थियो ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.