6 years ago
December 8, 2019
पोखरा (हाम्रो खेलकुद ) – १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला ह्याण्डबलमा नेपालले रजत पदक जितेको छ ।
पोखरा रंगशालाको ह्याण्डबल कोर्टमा आईतबार भएको फाइनल खेलमा भारतसँग पराजित हुँदै नेपालले रजत पदकमा चित्त बुझाएको हो ।
फाइनलमा नेपाल भारतसँग २१–३५ को गोलअन्तरले पराजित भएको हो । सुरुवातदेखि भारतसँग पछाडी परेको नेपालले कुनै पनि समयमा अग्रता दिन नसक्दा रजत पदकमा चित्त बुझाउनुपरेको हो ।
नेपालले पहिलो पटक फाइनलमा पुग्दै रजत पदक जित्न सफल भयो ।नेपालले शनिबार सेमिफाइनल खेलमा पाकिस्तानलाई पराजित गर्दै फाइनल प्रवेश गरेर इतिहास रचेको थियो । उक्त खेलमा नेपालले पाकिस्तानलाई २२–२१ को रोमाञ्चक जित हात पारेको थियो ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]