default_image

6 years ago

December 8, 2019

बिच भलिबलमा विनिता र नेविकाको जोडीलाई कास्य

179 views

0 Bookmark

पोखरा(हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय बिच भलिबल टोलीले दक्षिण एशियाली खेलकुद (साग) मा पहिलोपटक समावेश गरिएको बिच भलिबलमा कास्यपदक जितेको छ । फेवाताल किनारस्थित बाराहीघाटमा भएको अन्तिम दिनको खेलमा नेपालकी विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीलाई २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरी कास्य जितेको हो ।

पुरुषतर्फ नेपालका दुवै टोली लिग चरणबाट बाहिरिएका थिए । महिलाका दुवै टोली समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । महिला तथा पुरुष दुई विधामा दुई स्वर्ण, दुई रजत र दुई कास्यको लागि प्रतिस्पर्धा भएको थियो ।

बिच भलिबलको महिला तथा पुरुष दुवैतर्फ श्रीलंकाले स्वर्ण र रजतपदक जित्न सफल भयो । पुरुषतर्फ श्रीलंकाका प्रदीप आसंगा र असेन कुमाराको जोडीले भारतका टिरोन र जायन सनुजाको जोडीलाई २४–२२ र २१–१३ को सोझो सेटमा हराउँदै स्वर्णपदक जित्न सफल भयो । महिलातर्फ श्रीलंकाकै दीपिका जेडेरा र मधुशानी वीरासिंगेको जोडीले लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटमा हराएर स्वर्ण जिते ।

पुरुषतर्फ पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीले पाकिस्तानकै जस्नव खान र अफाख खानको जोडीलाई २१–१५ र २१–१४ को सेटमा हराएर पाकिस्तानले कास्य पदक जित्न सफल भयो ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.