6 years ago
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फेन्सिङमा नेपालले आइतबार अर्को रजत पदक जितेको छ । महिला टिम फ्वेलमा नेपालले रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा दुई रजत पदक जितेको छ । यसअघि शनिबार भएको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरमा नेपालकी रविना थापाले स्वर्ण दिलाएकी थिइन् ।
फेन्सिङमा नेपालले पुरुष टिम साबरमा कांस्य जित्यो । सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको नेपाली टोली फाइनलमा भने भारतसँग स्तब्ध बन्न पुग्यो । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले का.स्यमा चित्त बुझाए ।
पुरुष टिम इपीमा भारतले स्वर्ण जित्यो । यसैगरी बंगलादेशले रजत र पाकिस्तान र श्रीलंकाले कांस्य जिते । यसैगरी पुरुषकै टिम साबरमा भारतले नै स्वर्ण जित्यो । फाइनलमा भारतले बंगलादेशलाई नै निरास बनायो । यस स्पर्धामा नेपाल र श्रीलंकाले कांस्यमा चित्त बुझाए ।
फेन्सिङमा अहिलेसम्म भारतले ८ स्वर्ण जितिसकेको छ । यसैगरी बंगलादेशले एक स्वर्ण जित्दा अरु राष्ट्रले स्वर्ण जित्न सकेका छैनन् । नेपालले भने दुई रजत र पाँच कांस्य जितिसकेको छ । सोमबार टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]