6 years ago
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा चौथो स्वर्ण जितेकी छिन् । समग्रमा नेपालको लागि यो जारी सागमा ४९ औं स्वर्ण हो ।

सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा सोमबार गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । उनले भारतीय प्रतिद्वन्द्वीलाई ०.०२ सेकेन्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । सिवांगी शर्माले ५८.१५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत जितिन् । एनी जैनले ५९.०४ सेकेन्डमा दूरी पूरा गर्दै कास्य हात पारिन् ।
जारि १३ औं सागमा गौरिकाको चौथो स्वर्ण हो । यसअघि उनले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् । गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा कास्य हात पारेकी थिइन् ।
यससँगै गौरिका नेपालका लागि सर्वाधिक सफल खेलाडी भएकी छिन् । उनी एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी समेत बनिन् ।
१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त स्वर्ण पदक
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) -अनु अधिकारी
८.कराते (६७ केजी)- नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०. कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की
३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ
३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह
३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ
३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी
३६.उसु (५६ केजी) – जुनी राई
३७. एथलेटिक्स (५ हजार मिटर दौड) – गोपीचन्द्र पार्की
३८. गल्फ – सुवास तामाङ
३९. गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ
४०. भारोत्तलन – विकास थापा
४१. पौडी (२ सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह
४२. म्याराथन – किरणसिंह बोगटी
४३. कुस्ती (५५ केजी)– संगिता धामी
४४. पौडी (४ सय मिटर फ्रिस्टाइल)- गौरिका सिंह
४५. जुडो (५२ केजी मुनि)- देविका खड्का
४६. बक्सिङ (५४ केजी)- मिनु गुरुङ
४७. बक्सिङ (६४ केजी) – भुपेन्द्र थापा
४८. जुडो (७८ केजी) – पुनम श्रेष्ठ
४९. पौडी (१ सय मिटर फ्रिस्टाइल) – गौरिका सिंह
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]