default_image

6 years ago

December 9, 2019

फुटबल फाइनलपछि १३ औं सागको समापन समारोह हुने

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भुटानको यू २३ टोलीबीच मंगलबार फुटबल फाइनल पछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक रुपमा समापन समारोह हुने भएको छ । समापन समारोह अहिले सम्मकै व्यवस्थित बनाउने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार पत्रकार सम्मेलनमार्फत दाबी गरेका छन् ।

सागका लागि स्थापित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले साग सुरु देखि अहिलेसम्म व्यवस्थित रुपमा सञ्चालन भइरहेको उल्लेख गर्दै समापनलाई झनै व्यवस्थित र भव्य बनाउने बताए । साग फुटबलको साविक विजेता नेपाल र पहिलो पटक फाइनल पुगेको भुटानबीच स्वर्ण पदकका लागि मंगलबार दिउँसो ३ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा सुरु हुनेछ ।

त्यसअघि दिउँसो १२ बजे सांसद ११ र राष्ट्रसेवक कर्मचारी ११ बिच मैत्रीपूर्ण फुटबल हुने तय गरिएको जनाइएको छ । नेपाल र भुटानबीचको प्रतिस्पर्धापछि समापन समारोह सुरु हुने र त्यो डेढ घण्टा चल्ने सदस्य सचिव सिलावले बताए । त्यस्तै समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्ने तयारी भएको बताइएको छ ।

उद्घाटनमा जस्तै समापनका त्यसका मुख्य अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री , जगतबहादुर सुनार (विश्वकर्मा), नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिव सिलवालले सम्बोधन गर्ने बताइएको छ । समापन समारोहमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ । त्यसैगरी नेपाल भ्रमण बर्ष २०२० लाई प्रबद्र्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्य सचिव सिलवाल बताए ।

सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापुर्वक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी हुनेछ । समापनका लागि कार्यक्रम स्थलका प्यारापिटलाई विभिन्न श्रेणीमा बर्गिकरण गरिने भनिएको छ । भिभिआइपी, भिआईपी, पत्रकार, पदक विजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र राखिने व्यवस्था गरिएको जनाइएको छ ।

फुटबल फाइनलका लागि प्रतिटिकट भिआइपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकिएको छ । १२ हजार अट्ने साधारणतर्फका लागि ८ हजार टिकट मात्र विक्री गरिएको बताइएको छ ।

प्रधानमन्त्रीले प्रोत्साहन प्याकेज घोषणा गर्ने !

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रका नाममा सम्बोधनका साथै सागका विजेता खेलाडीका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने तयारी भइरहेको राखेप सदस्य सचिव सिलावलले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । साग अघि पनि खेलाडीको मनोबल बढाउनका लागि कार्यक्रम आयोजना गरिएपनि प्रधानमन्त्री ओलीको स्वास्थ्य खराब भएका कारण प्याकेज घोषणा भएन ।

प्रधानमन्त्रीकातर्फबाट खेलाडीलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुरस्कार राशीमा उल्लेख बृद्धि हुने उल्लेख गरेपनि प्रष्ट कति बढ्ने बताएका थिएनन् । १२ औं सागका व्यक्तिगत इभेन्ट्का स्वर्ण पदक विजेताले ५ लाख, रजत पदक विजेताले ३ लाख र कास्य पदक विजेताले २ लाख रुपैयाँ प्राप्त गरेका थिए । यसपटक पुरस्कार राशीमा विगतको भन्दा दोब्बर हुने विश्वास गरिएको छ ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.