default_image

6 years ago

December 9, 2019

आर्चरीमा बंगलादेशको दबदबा, नेपाललाई १ रजत र २ कास्य

113 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्णपदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिमतर्फको इभेन्टमा स्वर्णपदक हात पार्न सफल भएको हो ।

सोमबार भएको रिकर्भ महिला तथा पुरुषतर्फ बंगलादेशले स्वर्णपदक हात पार्न सफल भयो । कम्पाउण्ड तर्फको महिला तथा पुरुषतर्फ पनि स्वर्णपदक हात पार्न सफल भयो । सोमबारको खेलमा रिकर्भ पुरुषतर्फको खेलमा बंगलादेशका विश्व र्याङकिङ १० औं भित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे । सोहि इभेण्टको महिलातर्फ बंगलादेशकी १४ बर्षकी उदीयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।

रिकर्भ एकल पुरुषतर्फ श्रीलंकाले कास्य पदक हात पार्न सफल भयो । श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोहि इभेण्टको महिला तर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् । कर्मा ओलम्पिकमा छनौट भएकी खेलाडी हुन् ।

कम्पाउण्ड एकल पुरुष तर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डीङलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भयो । कास्य पदकको लागि भएको खेलमा बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वासान्त कुमारलाई पराजित गरी कास्य पदक जितेका हुन्। सोही इभेण्टको महिला तर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन ।

श्रीलंकाले यस बिधामा कास्य पदक हात पार्यो । श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जितेकी हुन । आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदक माथि बंगलादेशले एक्लौटि ढंगले बर्चश्व जमाउन सफल भएको थियो ।

बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्स तर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो । बंगलादशेका प्रमुख प्रशिक्षक मार्टिनले आफुहरुले सागको लागि ६ महिना देखि बन्द प्रशिक्षण गरेको धेरै मेहनत गरेकोले उत्कृष्ट नतिजा आएको बताए ।

दुई बर्ष देखि बंगालादेशको टिम प्रशिक्षण गराउदै आएको बताएका उनले आफुहरुसंग वल्र्ड च्याम्पियनशिपमा कास्य पदक विजेता साना, कक्षा ८ मा अध्यनरत १४ बर्षकी खातुन जस्ता उदीयमान खेलाडीले आफुहरुले प्रशिक्षण गराए अनुसार उत्कृउष्ट प्रर्दशन गरेको जनाए ।

१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । सागमा सहभागि राष्ट्र मध्य प्रमुख दाबेदारको रुपमा भारतलाई मानिए पनि यस पटक भारत सहभागि नहुदा अधिकाशं पदक बंगलादेशले हात पार्न सफल भयो ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसद द्वय मोहन रेग्मी, दीपक कोइराला, राखेप सदस्य राजेश कुमार गुरुङ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । नेपालले एक रजत, २ कास्य सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड ९५० मिटर० मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो । नेपाल सहित ४ देश सहभागि भएको खेलमा अन्तिम समयमा पाकिस्तान सहभागि नभएको हो ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.