6 years ago
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फेन्सिङमा नेपालले सोमबार दुर्ई रजत पदक जितेको छ । नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा ४ रजत र ६ कांस्य गरी १० पदक जितेको छ ।
सोमबार दुवै स्पर्धामा नेपाल भारतसँग पराजित भयो । महिला टिम इपीमा बंगलादेश र श्रीलंकाले कांस्य जिते । यस्तै महिला टिम साबरमा पनि बंगलादेश र श्रीलंकाले नै कांस्यमा चित्त बुझाए । यसैगरी पुरुष फ्वेल स्पर्धामा पनि भारतले नै स्वर्ण जित्यो । फाइनलमा भारतले बंगलादेशलाई स्तब्ध बनायो । नेपाल र श्रीलंकाले कांस्यमा चित्त बुझाए ।
फेन्सिङमा भारतले कुल १२ मध्ये ११ स्वर्ण जित्यो । यस्तै पाँच रजत र एक कांस्य पदक हात पा¥यो । दोस्रो स्थानमा रहेको बंगलादेशले एक स्वर्ण, तीन रजत र सात कांस्य वदक जित्यो ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]