6 years ago
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षपछि पाकिस्तानमा भेट्ने वाचासहित १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितान (साग) भव्य समारोहबीच सम्पन्न भएको छ ।

१० दिनसम्म चलेको १३औं दक्षिण एसियाली खेलकुदको उपप्रधानमन्त्री ईश्वर पोखरेलले समापन भएको घोषणा गरेका थिए । समापन समारोहमा दक्षिण एसियाली ओलम्पिक काउसिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष सयद अरिफहसनलाई दक्षिण एसियाली ओलम्पिक काउसिन्लको झन्डा हस्तान्तरण गरेका थिए ।
१० दिनसम्म दशरथ रंगशालामा फहराइएको सो झन्डा राखेपका सदस्य सचिव रमेश सिलवालले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई हस्तान्तरण थिए । मन्त्री विश्वकर्माले एनओसी अध्यक्ष श्रेष्ठलाई प्रदान गरेपछि श्रेष्ठले सो झन्डा पाकिस्तान ओलम्पिक एसोसिएनसका अध्यक्ष अरिफ हसनलाई हस्तान्तरण गरेका हुन् ।
झन्डा लिएर हसनले नेपालले भव्य रूपमा १३औं साग सम्पन्न गरेको र उत्कृष्ट आतिथ्यका लागि प्रशंसा गर्दै १४औं सागमा म यहाँहरूलाई निमन्त्रणा गर्दछु । र यहाँहरूको भव्य आतिथ्यका लागि धन्यवाद व्यक्त गरे ।
समापन समारोहमा भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्रीको शुभकामना सन्देश सुनाइएको थियो । समापन अघि नेपालले घरेलु् मैदानमा ३५ वर्षपछि सागमा स्वर्णपदक जितेको खुसियालीबीच दर्शकको बाक्लो उपस्थितिमा समापन समारोह भएको थियो ।
समापन समारोहमा झन्डै २ सय ड्रोन प्रयोग गरेर आकासमा नेपालको नक्सा, झन्डा, बुद्ध र पशुपतिको आकृति बनाइएको थियो । त्यसैगरी, सागमा उपस्थित भएका सबैलाई ड्रोनमार्फत आकृति बनाई धन्यवाद दिइएको थियो ।
समापनमा नेपाल आर्मी, पुलिस, सशस्त्र प्रहरी बल र नाइटिंगेल स्कुलका विद्यार्थीले विभिन्न सांस्कृतिक प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीको प्रस्तुतिले सबैलाई आकर्षित गरेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]