6 years ago
January 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ आरबीबी-एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियन्सिपको समूह डि को विजेता बनेको छ ।

आइतबार दशरथ रंगशालाको कभर्ड हलमा हेल्प नेपालले समूहको अर्को टोली बुद्ध टोललाई ३-० ले पराजित गरेको हो । हेल्प नेपालले २५-१०, २५-१५, २५-११ को सहज जित दर्ता गर्यो । समूहमा दुई मात्र टोली रहेकाले दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
त्यसअघि मणिमुकुन्द भलिबल क्लबले पनि क्वाटरफाइनलमा स्थान पक्का गर्यो । अघिल्लो दिन पुलिसलाई वाकअोभर दिएको पार्वती भलिबल क्लब आइतबार पनि उपस्थित नहुँदा मणिमुकुन्द विजयी भयो । अब समूह विजेता छिनोफानो गर्न पुलिस र मणिमुकुन्द भिड्ने छन् ।
त्यस्तै महिलातर्फ एपीएफले भरतपुर नगर खेलकुद परिषदमाथि सहज जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा एपीएफ २५-११, २५-१२, २५-१० ले विजयी भयो । आजै अन्तिम खेलमा आर्मी र जावलाखेल खेल्दैछन् ।
च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फको समूह एमा साविक विजेता आर्मी , आरजी र नयाँ बजार सामाजिक क्लब छन् । एपिएफ, बुलबुले र जावलाखेल भलिबल प्रशिक्ष केन्द्र समूह ‘बी’ तथा नेपाल पुलिस क्लब , मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समूह ‘सी’ मा छन् । समूह डीमा हेल्प नेपाल र बुद्धटोल रहेका छन् ।
राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । महिलातर्फ दुई विभागिय टोली साविक विजेता नेपाल एपिएफ क्लब, आर्मी, जावलाखेल र भरतपुर महानगर समूह ‘ए’ तथा न्यु डायमण्ड स्पोर्टस क्लब, पुलिस र ढोरपाटन स्पोर्टस्स क्लब अर्को समूहमा छन् । राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]