default_image

6 years ago

January 21, 2020

न्यू डायमण्ड क्लब च्याम्पियनसिपको सेमिफाइनलमा

234 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – न्यू डायमण्डले ढोरपाटनलाई आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपमा सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा भएको खेलमा न्यू डाइमण्डले ढोरपाटनलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । न्यू डाइमण्ड २५-३, २५-१६ र २५-१२ को ले विजयी बन्यो ।

यस अघि नै सेमिफाइनल पुगेको नेपाल पुलिस क्लब समूह ‘बी’को उप विजेता बनेको छ । अब बिहीबार हुने सेमिफाइनलमा एपिएफ र पुलिस तथा न्यू डायमण्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

 नेपाल एपिएफ क्लब आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को  विजेता बनेको छ ।सेमिफाइनल पुगिसकेका दुई विभागिय टोलीको प्रतिस्पर्धामा  आर्मीलाई ३-१ ले हराउँदै एपिएफ समूह विजेता बनेको हो । एपिएफले आर्मीलाई २५-१०, १९-२५,२५-१८ र २५-१० ले गरिएको थियो ।

त्यस अघि पुरुषतर्फ  विभागिय टोली पनि आ आफ्नो समूह विजेता बन्दै आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको अन्तिम आठमा पुगेका छन् ।

नेपाल पुलिस क्लब समूह ‘सी’ र नेपाल एपिएफ क्लब ‘बी’ को विजेताका रुपमा क्वार्टरफाइनल पुगेका हुन् । राखेप कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले २५–१४,२५–२० र २५–१४ ले हराउँदै अघि बढेको हो । पराजित भएपनि मणिमुकुन्द पनि अन्तिम आठमा पुगेको छ ।

त्यसअघिको खेलमा एपिएफले जावालखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१४,२५–१० र २५–९ ले हरायो । समूह बीबाट बुलबुले रारा क्लब उपविजेताका रुपमा क्वार्टरफाइनल पुगेको थियो । आर्मी अघिल्लो दिननै समूह एको विजेताका रुपमा अघि बढेको थियो ।

समूह एमा नयाँ बजार सामाजिक युवा क्लब उपविजेता बनेको थियो । समूह डीबाट हेल्प नेपाल स्पोर्टस क्लब समूह विजेता र बुद्धटोल युवा भलिबल क्लब उपविजेताका रुपमा अन्तिम आठ पुगिसकेका हुन् ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.