default_image

4 years ago

January 24, 2020

एपीएफलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल स्पोर्ट्स क्लबले आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको पुरुषर्फको उपाधि जितेको छ । दशरथ रंगशालाको कभर्ड हलमा शुक्रबार भएको फाइनलमा हेल्प नेपालले एपीएफमाथि २५-१७, २५-१४, २५-२१ को सहज जित दर्ता गर्यो । तीन भारतीय खेलाडीसहित उत्रिएको हेल्प […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल स्पोर्ट्स क्लबले आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको पुरुषर्फको उपाधि जितेको छ ।

दशरथ रंगशालाको कभर्ड हलमा शुक्रबार भएको फाइनलमा हेल्प नेपालले एपीएफमाथि २५-१७, २५-१४, २५-२१ को सहज जित दर्ता गर्यो । तीन भारतीय खेलाडीसहित उत्रिएको हेल्प नेपालले खेल अवधिभर नै एपीएफलाई दवावमा राखेको थियो । एक समय दोस्रो सेटमा हेल्प नेपाल ९-० को अग्रता लिन सफल भएको थियो । उपाधिसँगै हेल्प नेपालले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

दशरथ रंगशालास्थित कभर्ड हलमा शुक्रबार भएको फाइनलमा होंगान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा एपीएफले पहिलो सेट २५-२३ ले जितेको थियो । अधिकांश समय न्यु डायमण्डले अग्रता लिएपनि एपीएफ विजयी रहयो । दोस्रो सेटमा पनि न्यु डायमण्डले अन्तिम समयमा लय गुमाउन पुग्दा सेट २५-२१ ले सुम्पियो ।

तेस्रो सेटमा स्कोर २२-२० को अवस्थामा रहँदा प्रतिभा माली स्पाइक प्रहार गरेपछि लड्न पुग्दा खेल रोकिएको थियो । गम्भीर चोट बोकेपछि प्रतिभालाई हस्पिटल लागिएको थियो । उक्त सेट न्यु डायमण्डले २५-२३ ले जित्यो । चौथो सेटमा एपीएफ २५-१८ ले विजयी हुँदै उपाधि रक्षा गर्न सफल रहयो ।

त्यसअघि प्रतियोगिताको तेस्रो स्थानको खेलमा आर्मीको दुवै टोलीले पुलिसलाई सोझो सेटमा पराजित गरे । पुरुष तर्फ आर्मीले २५-१८, २५-१८, २५-२० को अन्तरमा जित दर्ता गर्दै ५० हजार रुपैयाँ हात पार्यो । महिलातर्फ पनि आर्मी २५-२२, २५-१३, २५-२१ ले विजयी रहयो ।

यसअघि बिहीबार भएको सेमिफाइनलमा दुवै विभागीय टोली पराजित भएका थिए । महिला र पुरुष दुवैतर्फ फाइनल खेल आज हुनेछ । पुरुषतर्फ नेपाल एपीएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब उपाधिका लागि खेल्नेछन् । महिलामा एपीएफले होंगान्जी न्यु डायमण्डसंग खेल्नेछ ।

नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो । प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.