default_image

9 years ago

July 18, 2016

को बन्ला वर्षको उत्कृष्ट युवा खेलाडी?

136 views

0 Bookmark

पल्सर स्पोर्ट्स अवार्ड २०७२को ‘उत्कृष्ट युवा खेलाडी’को मनोनयनमा पाँच खेलाडीको छनोट भएको छ। मनोनयनमा परेका पाँचै खेलाडीको परिचय तल दिएका छौँ:

Young player of the year 2072

नीमा घर्तीमगर, उसु
—१२ औं सागमा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी
—थाउलोको नानछ्वान अलराउन्ड स्पर्धामा कुल १६.८९ अंक प्राप्त । नानछ्वानमा ८.४३ र नानदाओमा ८.४६ अंक
यसमा भारतकी स्वेच्छा जातव (१६.३३) ले रजत र पाकिस्तानकी मुबासरा अख्तर (१२.७०) ले कास्यपदक हात पारे ।
—पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि
—छनोट भएपनि स्पर्धासमवोश नहुदा १७ औं एसियाली खेलकुदबाट बञ्चित
—११ औं राष्ट्रिय उसु प्रतियोगितामा स्वर्णपदक

गौरिका सिंह, पौडी
—१२ औं सागमा ऐहितासिक १ रजत र ३ कांस्यसहित चार पदक । व्यक्तिगत ७ सहित १० राष्ट्रिय कीर्तिमान
—कजान (रुस) मा भएको १६ औं फिना वल्र्ड च्याम्पियनसिप २ राष्ट्रिय कीर्तिमान
—दुबईमा भएको फिना एयरवेभ स्वीमिङ वल्र्डकपमा २ राष्ट्रिय कीर्तिमान
—आयरल्यान्डको डब्लिनमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा २ राष्ट्रिय कीर्तिमान ।
—२० औं राष्ट्रिय पौडीको ६ स्पर्धामा सहभागि, सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण ।
—चार प्रतियोगितामा २२ राष्ट्रिय कीर्तिमान

सन्दीप लामिछाने, क्रिकेट
—बंगलादेशमा सम्पन्न आईसीसी यू १९ विश्वकपका ६ खेलमा १४ विकेट । प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने दोस्रो खेलाडी । लिग चरणमा आयरल्याण्डस“ग ह्यााट्रिकसहित ५ विकेट । यो विश्वकपमा ह्याट्रिक गर्ने एक्लो र यू १९ विश्वकप इतिहासको पा“चौं ।
—भेरिएसनका साथ बलिङ गर्न सक्षम । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा शेर्न वार्नस“ग तुलना गरिएका ।
—सिनियर राष्ट्रिय टिमकै महत्वपूर्ण सदस्यको रुपमा स्थापित

मनीता श्रेष्ठ प्रधान, जुडो
—१२ औ सागमा ५७ केजीमुनिको स्पर्धामा रजत पदक जितेकी
—राउन्ड रोबिनको आधारमा भएका चार खेलमा तीन जित
—सिनियरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता
—भारतकी अनिता चनु एन्गोमस“ग ओसाइकोमीको आधारमा हारेपनि श्रीलंकाकी केएलएमपीके उलयानागेलाई इप्पोन, पाकिस्तानकी सुमइला गुल वाजारी वाजारी आवासोते इप्पोन र बंगलादेशकी सिङ्मा पिरु मर्मालाई वाजारी वाजारी आवासोते इप्पोनमा पराजित गरेकी
—छैटौं अम्बिका समृति क्याडेट एन्ड जुनियर, सीडब्लुसीएन जुडो च्याम्पियनसिपमा स्वर्ण र सर्बोत्कृष्ट खेलाडी । अरु दुईमा पनि स्वर्ण
—एसियन क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिप (थाइल्यान्ड) मा सहभागि

अन्जन विष्ट, फुटबल
१८ बर्ष । हेटौंडा । नेपाल एपीएफ क्लब
—बंगबन्धु, १२ औं साग र साफ यू १९ च्याम्पियन
—बंगबन्धुको फाइनलमा बहराइन यू २३ विरुद्ध १ सहित प्रतियोगितामा २ एसिस्ट
—सागमा २ गोल । पहिलो खेलमा भुटान र सेमिफाइनलमा माल्दिभ्सविरुद्ध
—साफ यू १९ मा ३ गोल
—स्पेनको मार्बेला युनाइटेडबाट युरोपमा उमेर समूहका आमन्त्रण प्रतियोगिता खेलेको
—राष्ट्रिय लिगमा २ गोल । लिगमा एपीएफ पा“चौं

छनोटमा परेका पाँच खेलाडीमध्य विजेताले नगद रु. पचास हजार पाउनेछन्। कसले जित्ला त उपाधि? प्रतिक्रिया दिनुहोस!

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.